रास्वपाबारे ओलीको टिप्पणी : दुई वर्षको समीक्षा राम्रै छ


२०८१ असार ७ शुक्रबार १८:२६ बजे

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) रास्वपा स्थापना दिवसको दुई वर्षको अवसरमा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले दुई वर्षको समीक्षा राम्रै रहेको प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरेका छन् ।

उनले भने, ‘शुभकामना छ । रास्वपाको दुई वर्षे कार्यकाल राम्रै छ ।’ रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आबद्ध भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७