आठ देशका लागि राजदूत सिफारिस, भारतमा रेग्मी, अमेरिकामा घिमिरे


२०८१ असार ७ शुक्रबार ०६:४३ बजे

काठमाडौं । मन्त्रिपरिषदको बैठकले रिक्त रहेका राजदूत पदमा आठ जनालाई सिफारिस गरेको छ । भारतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । एमाले, माओवादी र जसपाको बन्नेहरूको नाम चाहिँ सिफारिस भएका हुन् ।

त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् । दक्षिण कोरियाका लागि सुशील प्याकुरेल सिफारिस भएका छन् । त्यस्तै नेत्रप्रसाद तिमल्सिना मलेसिया, सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, पुष्पराज राजकर्णिकार स्पेन र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत नियुक्तका सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए । सुम्निमा तुलाधर पद्मरत्न तुलाधरकी छोरी हुन् । रास्वापा सिफारिसमा पछि नाम आउने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो । सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो । एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन् । बैठकले रास्वपाबाट भने आज नियुक्तिका लागि सिफारिस गरेन ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७