एकै दिन प्रतितोला दुई हजार सात सयले घट्यो सुनको भाउ


२०८१ असार ९ आइतबार १७:१५ बजे

काठमाडौं । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गएको शुक्रबारको तुलनामा सुनको मूल्य यो साताको पहिलो दिन आइतबार प्रतितोला दुई हजार सातसय रूपैयाँले घटेको हो ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४२ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ३ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आइतबार प्रतितोला ५० रूपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ८ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७