अति भयो प्रधानमन्त्री ज्यू सम्मान साथ सरकार छाड्नुस् : सांसद कार्की


२०८१ असार ९ आइतबार ०६:०० बजे

काठमाडौं । राप्रपा सांसद रोशन कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पटक–पटक उथलपुथल गर्छु भने पनि केही नगरेको भन्दै स–सम्मान सरकार छोड्न आग्रह गरेकी छिन् ।

प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा शून्य समयमा कार्कीले जताततै आन्दोलन र निराशा भए पनि प्रधानमन्त्रीले केही गर्न नसकेकाले सरकार छोड्नु पर्ने बताएकी हुन् ।

‘प्रधानमन्त्रीले रोष्ट्रमबाट उथलपुथल मच्चाउँछु भन्नु भएको छ । धेरै उथलपुथल नमच्चाउनुस् । चारैतिर आन्दोलन छ, कतै केही छैन । सहयोगी बाहिर छन् । उनीहरूको परिवार दायित्व होलान्,’ उनले भनिन्, ‘गेटमा कसैले आत्महत्या गर्छन् । कोही जलेर डुबेर मर्छन् । अब अति भयो । यो उथलपुथल नमच्चाउनुस् । यो सरकार चलाउन सक्नु हुँदैन भने स–सम्मान बिदा लिनुस् ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७