ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुष्पकर आचार्यको प्यानलै विजयी (पूर्णसूचीसहित)


२ असार २०७५, शनिबार
trade union cyrGmizrFE

काठमाडौं, २ असार । नेपाली कांग्रेस सम्बध ट्रेड युनियनको अध्यक्षमा पुष्पकर आचार्य विजयी भएका छन् ।  नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनमा पौडेल–सिटौला पक्षका पुष्कर आचार्यकाे प्यानल नै विजयी भएको हो । trade union cyrGmizrFE
आचार्यले ८१८ मत ल्याउँदा प्रतिस्पर्धी खिला दाहालले ५३३ मत ल्याए । काँग्रेस सभापति शेरबहादुर देउवा पक्षधर खिलाको प्यानलबाट एक जना खुल्ला सदस्य धु्रवचन्द्र गौतममात्र विजयी भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादवले ६६८ मत ल्याउँदा अयोध्याप्रसाद यादवले ५६७ मत ल्याए ।

यसैगरी कार्यसमितिको खुल्लातर्फको उपाध्यक्षमा अजय कुमार राई र तेजेखन्द्र जंक कार्की विजयी भएका छन् । भने महासचिवमा  योगेन्द्र कुवंर र सञ्जय प्रसाद मिश्र  विजयी भएका छन् ।

यसैगरी महिलातर्फको उपाध्यक्षमा इन्दिरा सापकोटा, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्र विक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर क्षत्री र अनौपचारिक तथा स्वरोजगारतर्फको उपाध्यक्षमा आशा सिंह राठौर विजयी भएका छन् ।

अध्यक्ष : पुष्पकर आचार्य
बरिष्ठ उपाध्यक्ष : महेन्द्र प्रसाद यादव
खुला तर्फका उपाध्यक्ष : अजय कुमार राई, तेजेन्द्र जंग काकी
महिलातर्फको उपाध्यक्ष : इन्दिरा सापकोटा
सेवा क्षेत्रतर्फ उपाध्यक्ष : नेत्र विक्रम थापा
उत्पादन क्षेत्रतर्फ उपाध्यक्ष : ललितबहादुर क्षत्री
अनौपचारिक तथा स्वरोजगारतर्फको उपाध्यक्ष : आशा सिंह राठौर
महासचिव : योगेन्द्र कुवंर र सञ्जय प्रसाद मिश्र
उपमहासचिव खुल्लातर्फ : गणेश बहादुर केसी, ज्योती कोइराला
उपमहासचिव समावेशीतर्फ : राधिका कुइँकेल, सिताराम अवस्थी इश्वर बहादुर परियार, राजेश पालिखे
कोषाध्यक्षमा : सुशीला घिमिरे (महिला) र मोहन कुमार बस्नेत
खुल्ला सदस्यतर्फ सदस्य : कुल बहादुर खड्का, जनकराज पाण्डे, दुर्गादत्त शर्मा आचार्य, ध्रुवचन्द्र गौतम, बलदेब तामाङ, लक्ष्मण प्रसाद भट्टराई , वीरेन्द्र कमार साह, र सञ्जयकुमार
महिला सदस्यतर्फ : उर्मिला कुमारी ढकाल, कमला खनाल, निलम लेखक जोशी, बाला थापा श्रेष्ठ, रशामाया गुरुङ, लक्ष्मी केसी, र सरस्वती ढुंगाना
सेवा क्षेत्र तर्फ खुल्ला सदस्य : देवदत्त बडू, पुण्ड्प्रसाद भट्टराई र अनिता मण्डल
उत्पादन क्षेत्र तर्फ खुल्ला सदस्य : दुर्गा प्रसाद घिमिरे, माधव प्रसाद उपाध्याय र चन्दन झा
अनौपचारिक तथा स्वरोजगार सदस्यतर्फ खुल्ला सदस्य : उद्धब बहादुर बानियाँ, जित बहादुर गुरुङ र सितादेबी काफ्ले

पदाधिकारीसहित ४४ पद लागि १०० भन्दा बढी उम्मेद्वार रहेको निर्वाचनमा देशभरबाट एक हजार ४२० मतदाता रहेको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए । जसमा एक हजार ३९० ले मतदान गरेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

कसलै कति मत ल्याए ?

Tread union 1 Tread union 2 Tread union 3 Tread union 4 Tread union 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७