सात वर्षको प्रेमपछि वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर


२०८१ असार १० सोमबार १८:०१ बजे

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर इकबालले मुम्बईमा एक निजी समारोहमा विवाह गरेका छन् । सोनाक्षी र जहीरले मुम्बईको बान्द्रास्थित आफ्नो समुन्द्र किनारको अपार्टमेन्टमा २०८१ असार ९ गते आइतबार विवाह गरेका हुन् ।

सोनाक्षी र जहीरको परिवारले न हिन्दू र मुस्लिम रितिरिवाज अनुसार विवाह गर्ने निर्णय गरेका थिए, त्यसैले उनीहरुले कोर्ट म्यारिज गरेका थिए । विवाह दर्तापछि उनीहरुले मुम्बईको वर्लीमा रिसेप्सनको आयोजना गरेका थिए, जसमा धेरै राजनीतिज्ञ, कलाकार र उद्योगपतिहरुको सहभागिता रहेको थियो ।

विवाहपछि सोनाक्षी र जहीरले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सात बर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गरेको उल्लेख गरेका छन् । उनीहरुले भनेका छन्, ‘हामी दुवैको परिवार र भगवानको आशीर्वादले विवाह गरेका हौं । सात वर्षअघिको आजको दिन हामी दुवैले एकअर्काको आँखामा माया देखेका थियौँ । हामीले प्रेमलाई सबैभन्दा शुद्ध रूपमा देख्यौँ र यसलाई कायमै राख्ने निर्णय गरेका थियौँ । यस प्रेमले हामीलाई चुनौती र सफलताहरू पार गरेको छ र हामी यो क्षणमा आइपुगेका छौं जहाँ हाम्रो परिवार र भगवान दुबैको आशीर्वादले हामी अहिले पति र पत्नी बनेका छौं ।’ विवाह समारोहमा दम्पतीका नजिकका साथीभाइ र परिवारका सदस्य सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७