खेत जोतिरहेका बेला चट्याङ लागेर मृत्यु


२०८१ असार १० सोमबार ०३:३४ बजे

बर्दिया । बर्दियामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । गेरुवा गाउँपालिका– ३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको ज्यान गएको हो ।

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७