सांसदहरुलाई प्रधानमन्त्रीको आग्रह, ‘बजेटमा असन्तुष्टि भए संसदमा हैन् पार्टी नेतृत्वमा राख्नुहोस्’


२ असार २०७५, शनिबार
commnuist party nepal parliament meeting
g]skf ;+;bLo bnsf] a}7s g]kfn sDo’lgi6 kf6L{ ;+;bLo bnsf] k|wfggdGqL lgjf; afn’jf6f/df z’qmaf/ a;]sf] a}7sdf k|wfgdGqL Pj+ g]kfn sDo’lgi6 kf6L{sf cWoIf s]kL zdf{ cf]nL, cWoIf k’iksdn bfxfn k|r08nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, २ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट प्रतिको असन्तुष्टि पार्टी नेतृत्वमा राख्न निर्देशन दिएका छन् । संघीय सांसदमा आफनै सांसदहरु बजेटको चर्को विराधपछि प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको संसदीय दलको बैठकमा संसदीय दलका नेता तथा अध्यक्ष ओलीले बजेटको मर्म बुझेर प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

commnuist party nepal parliament meeting
नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको प्रधाननमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठक । तस्बिर : रासस

उनले राष्ट्रको ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले बताउँदै त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिए । सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा आग्रह गरे ।

प्रतिनिधिसभाका बैठकमा बजेटमाथिको छलफलका क्रममा कतिपय सत्तारुढ दलकै सांसदले बजेटको आलोचना गरेपछि अध्यक्ष ओलीले सो आग्रह गरे हो । ‘तपाईहरुका असन्तुष्टि र भनाइ जायज हुन सक्छन, मेरै निर्वाचन क्षेत्रमा पनि के के प¥यो, परेन मैले सोचेजस्तो नभएको हुनसक्छ । अघिल्लो सरकारले अर्थतन्त्रलाई असन्तुलित बनाई दायित्व छाडेर गएकाले हामीलाई समस्या परेको हो । हामी यसलाई सही बाटोमा ल्याउने प्रयासमा छौँ ।’ उनले भने ।

उनले भाडामा पर्याप्त खाना नभएपछि केटाकेटीलाई जन्ते बाख्र्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परे झैँ भान्छेलाई बाँड्न गाह्रो हुने प्रसंग उल्लेख गर्दै सरकारका काम र बजेटका असन्तुष्टि राख्न पार्टीका सांसदले नेतृत्वलाई भन्नु उपयुक्त हुने बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतासहित सहभागी बैठकमा करीब ५० सांसदले बोल्नका लागि नाम टिपाएको बुझिएको छ । बैठकमा दलको नियमावली संशोधनबारे पनि छलफल हुनेछ ।

यसैबीच, संसदीय दलको बैठकपछि आजै नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बस्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७