आज ५ बजेसम्म समानुपातिक तर्फको बन्द सूची संसोधन बुझाउनु पर्ने


१२ कार्तिक २०७४, आईतवार
nirbachan aayoga

काठमाडौं : राजनीतिक दलहरुले प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बुझाएको समानुपातिकतर्फका उम्मेद्वारको सूची संसोधन गर्ने आज अन्तिम दिन हो । गत असोजमा दलहरुले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारहरुको बन्द सूची बुझाएका थिए । उक्त बन्द सूचीलाई आज सबै दलले टुँगो लगाउनु पर्छ ।

nirbachan aayoga

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सूची संसोधन गर्न सकिने सुचना यसअघि नै जारी गरेको थियो । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन दलहरुले अहिले आन्तरिक गृह कार्यमा लागेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका सबै दलका बैठक बसिरहेका छन् ।

त्यसका लागि राजनीतिक दलहरु आज बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् । उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा आइतबार बिहान देखि जारी बैठकमा एमाले र माओवादीबीच क्षेत्र बिभाजनमा भएको सहमति, पार्टीका तर्फबाट प्रस्तावित उम्मेद्वार र समानुपातिक सूची टुङयाउने वारेमा छलफल भइरहेको छ ।

समानुपातिक उम्मेदवारहरुको प्रारम्भिक सूची भने १७ गते सार्वजनिक हुनेछ । त्यसमा दावी विरोध, उजुरीमा जाँचबुझ लगायतको चरण पूरा गरेर मंसिर ३ गते अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७