कर्णाली प्रदेशको बजेट २८ अर्ब, भौतिक पूूर्वाधारलाई प्राथमिकता


१ असार २०७५, शुक्रबार
Prakash juwala

सुर्खेत, १ असार । कर्णाली प्रदेश सरकारले आगामी वर्षको लाग २८ अर्ब बजेट ल्याएको सार्वजनिक गरेको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७५र७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट प्रस्तुत गरेको हो ।Prakash juwala
चालुतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार र पूँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार र वित्तीय व्यवस्थापन तर्फ ४० करोड बजेट बिनियोजित गरेको छ ।
बजेटमा आन्तरिक राजस्वको हिस्सा ५० करोड मात्र अनुमान गरिएको छ । बाँकी खर्च केन्द्रले विनियोजित गरेको र समपूरक तथा विशेष अनुदानबापत प्राप्त हुने अपेक्षा गरिएको बजेटबाट व्यहोरिने उल्लेख छ । सोबाट समेत अपुग हुन जाने एक अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने सरकारको योजना छ ।
बजेटको मूलभूत उद्देश्य प्रदेशको विकास र समृद्धिको यात्रा सुनिश्चित गरी समाजवादको बाटो तय गर्नु रहेको बताए ।
कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार विकास, कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य खेलकुदलाई प्राथमिकता दिएको छ । कर्णालीलाई समृद्ध गराउनका लागि कर्णाली लगानी सम्मेलनको आयोजना गर्ने र कर्णाली प्रदेशका व्यापारी, गैर आवासीय नेपालीहरु, विभिन्न देशमा गएका प्रदेशबासीहरुलाई लगानी गर्न प्रेरित गर्ने बताएका छन् ।
कृषिको प्रवद्र्धन विकास, पर्यटकीय क्षेत्रहरुको विकास, प्रचारप्रसार र प्रदेश सरकारले ५२ प्रतिशत गरिबीको रेखामुनि रहेको गरिबिलाई कम गर्न गर्न रोजगारीका कार्यक्रम पनि ल्याएको छ । कर्णालीका ६ हजार युवाहरुलाई रोजगारी बनाउने योजना प्रदेश सरकारले अघि सारेको छ ।
पूर्णपाणसहित

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७