न्युजिल्याण्डको क्रिम नेपालको बजारमा


९ भाद्र २०७४, शुक्रबार
punaaa

rubi and desar

काठमाडौं : न्युजिल्याण्ड बेस रहेर उत्पादन हुँदै आएको पुना व्राण्डको क्रिमले बजार बिस्तारका लागि आक्रामक योजना ल्याएको छ । राजधानीमा नाम चलेका सौन्दर्य व्यवसायीहरु भेला गराई कम्पनीले आफ्नो उत्पादनको बारेमा जानकारी गराएको छ ।

मेगा बैंकको नायव महाप्रबन्धक रविना देसार, प्रथम मिस नेपाल रुवी राणा, सिटिइभिटिइ परीक्षा वोर्ड सदस्य तथा सौन्दर्य व्यवसायी रुक्सा वैद्य श्रेष्ठ,चलचित्र निर्मात्री पुनम गौतम सहित पचास भन्दा बढी सौन्दर्यकर्मीहरुको माँझमा अन्य व्राण्डका क्रिम भन्दा पुना व्राण्डको क्रिमको पृथकता भएको कम्पनीका मार्केटिङ म्यानेजर प्रतापजंग रावलले बताए । प्रथम मिस नेपाल तथा कम्पनीका व्राण्ड एम्वेसडर तथा रुबी राणाले ‘नारीले आफ्नो सुुन्दरतालाई बचाइ राख्ने हो भने पुना क्रिम प्रयोग गर्नैपर्ने’ दावी गरिन् । आफ्नो पेशा र व्यवसायलाई अझैं माथि लैजाने हो भने सौन्दर्य व्यवसायीहरुले पुना व्राण्ड पहिलो रोजाइमा पर्नुपर्ने राणाको दावी छ । क्रिमले अनुहारका, चिल्लोपनालाई हटाउनका साथै डण्डिफोर हटाउन मद्यत मिल्ने रुबी बताँउछिन् ।

punaaa

विगत १४ वर्षदेखि सौन्दर्य व्यवसायमा होमिएकी रुक्सा वैद्य श्रेष्ठ तथा पुना व्राण्डको अफिसियली व्युटी समेत हुन । उनले पुना व्राण्डको क्रिमका बिशेषता बताँउदै भनिन ‘पुना व्राण्डको वैज्ञानिक रुपमा अध्ययन अनुसन्धान गरी तयार पारिएको कारण यो क्रिम गर्भधारण गरेका महिलाहरुलाई समेत उपयोगी रहेको ,कम प्रफुम्यम प्रयोग गरिएका कारण अन्य क्रिम भन्दा अव्वल रहेको’ दावी गरिन् । उनले अगाडि थपिन् ‘जसरी डाक्टरहरुले भित्री शरीरको रोग पत्ता लगाएर विरामीको उपचार गर्छन,त्यसैगरी सौन्दर्य व्यवसायीहरुले अनुहार र छालाको उपचार गर्दछौं । आफ्नो पेशालाई दीगो रुपमा टिकाइराख्ने हो भने पुना व्राण्डको कस्मेटिक क्रिम प्रयोग गर्ने सबै सौन्दर्यव्यवसायहिरुलाई आग्रह गर्दछु ।’

पुना व्राण्डको क्रिम नेपाली बजारमा पाइने भन्दा भिन्नै प्रकारका क्रिम हो । न्युजिल्याण्ड बेस रही नेपालमा विक्री वितवरण हुदै आएको कम्पनीले हाल ‘पुना एन्टि एन्जिन एण्ड एन्टि व्रिकलेस,एन्टि एक्नि पिल अफ मास,वाइटनिङ एण्ड मोस्टुराइजिङ पिल अफ मास्क’नामक तीन प्रकारका क्रिम बजारमा विक्री वितवरण गर्दै आइरहेको छ । निकट भविष्यमा अन्य पाँच प्रकारका क्रिम नेपाल भित्राउने योजना रहेको कम्पनीका प्रमुख पुनम गुरुङ बताँउछिन् । उनका अनुसार यो उत्पादन पाँच वर्षसम्मको नियमित अध्ययन-अनुसन्धान पछाडि नेपाल भित्राइएको हो ।

पुना स्किन केयरको माग अहिले जिल्ला जिल्लामा समेत बढेको उनले सुनाइन । आगामी दिनमा एजलेस सिरिज,एन्टि एक्नि सिरिज,स्किन व्हवाइटनिङ सिरिज नेपाल भित्राउने योजना रहेको पुना कम्पनीका विदुर राज जोशीको भनाई छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७