एशिया कप खेल्ने यू-१९ क्रिकेट टोलीको घोषणा


१२ कार्तिक २०७४, आईतवार
Criket U 19

काठमाडौं :  एसीसी यू-१९ एशिया कपका लागि दिपेन्द्रसिंह ऐरीकाे नेतृत्वमा  नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । युवा टोलीका प्रशिक्षक विनोद दास र अन्डर नाइन्टिन टिमका एसीसी सल्लाहकार राजु बैंकटपतिले छनोट गरेका हुन् ।

Criket U 19

१८ सदस्यीय नेपाली टोलीमा जितेन्द्र सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् ।एसीसी एशिया कप छनोट खेलेको नेपाली टिमबाट तीन खेलाडी परिवर्तन भएका छन् । यसअघि टिममा परेका सन्दिप जोरा र बिक्रम भुसाल बैकल्पिकमा परेका छन् ।

टिममा  रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शा, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की परेका छन् ।  स्वास्थ्यका कारण नन्दन यादवले नाम फिर्ता लिए भने सुमित महर्जन यसपटक टिममा स्थान बनाउन असफल रहे ।

नेपाली युवा टिम भोलि बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७