एसईई नतिजा बुधबार, तपाईको कुन ग्रेड आउँला ?


४ असार २०७५, सोमबार
see

काठमाडौं, ४ असार । एसइई परीक्षाको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिएको जानकारी दिएका छन् । see

सबै उत्तरपुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको रेग्मीको भनाई छ । यस वर्षको परीक्षामा साधारण धारतर्फ चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी थिए । यस्तै प्राविधिक धारतर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागी थिए । नतिजा ग्रेडिङ पद्धतिमार्फत हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७