आयोगले प्रदेश र प्रतिनिधि सभाकाे प्रत्यक्ष तर्फका छुट्टाछुट्टै मतपत्र छाप्ने


१२ कार्तिक २०७४, आईतवार
nirbachan aayoga

काठमाडौं :  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र छाप्ने  निर्णय गरेकाे छ ।  सर्वोच्च अदालतले निर्वाचन आयोगलाई छुट्टाछुट्टै मतपत्र छाप्न अादेश दिएपछि अायाेगल यस्ताे निर्णय गरेकाे हाे ।

nirbachan aayoga

यसअघि निर्वाचन आयोगले एउटै पानामा प्रतिनिधि सभाको माथि र प्रदेश सभाको तल हुनेगरि दुई छाप लगाउन एउटै मतपत्र छाप्ने तयारी गरेको थियो। तर राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले मतपत्र एउटै छाप्ने आयोगको तयारी विरुद्ध मानहानीको मुद्दा लिएर सर्वोच्च पुगेका थिए।

शुक्लाको मुद्दामा गत कात्तिक ८ गते सर्वोच्चले  ३ दिनभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाई बारेमा भएको प्रगतिबारे जवाफ दिन आयोगलाई निर्देशन दिएको थियो ।  रिटमाथि गत असोज १९ गते सर्वोच्चले अन्तरिम आदेश दिन नपर्ने फैसला गरेपछि आयोगले एउटै कागजमा दुई मतपत्र छाप्ने निर्णय गरेको थियो ।

सो आदेशमा समानुपातिकतर्फ मतपत्र छापिसकेकाले अदालतले अलगअलग मतपत्र छाप्नुपर्ने व्यवस्था भएको र यही कात्तिक १० गतेबाट मतपत्र छापिने भएकाले संवैधानिक र कानूनी प्रावधान गम्भीरतापूर्वक लिने भएकाले अन्तरिम आदेश दिनुपरेन भन्ने उल्लेख थियो ।

अदालतको यस्तो आदेश आएपछि बाम गठबन्धनभित्र चुनाव सार्ने कसरत भएको आंशका बढेको थियो ।अदालतको आदेशपछि निर्वाचन आयोगको बैठकले दुई छुट्टा छुट्टै मतपत्र छाप्ने निर्णय लिएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७