बिर्तामोडको कर्फ्यु १२ घण्टाका लागि हट्यो


१२ कार्तिक २०७४, आईतवार
Jhapa birtamood झापा विर्तामाेड घटना

बनियानी : बिर्तामोडमा जारी कर्फ्यु आज राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिए ।

Jhapa birtamood झापा विर्तामाेड घटना

शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि यहाँ कफ्र्यु लगाइएको थियो । पश्चिम चारपाने चोक, पूर्व बसपार्क, उत्तर महानन्द चोक र दक्षिण बिर्ताबजारलाई चार किल्ला कायम गरी प्रशासनले कफ्र्यु लगाएको थियो । प्रजिअ तिवारीले भने, ‘भोलि अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिनेछ ।’

त्यस्तै, सोही पत्रकार सम्मेलनमा झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ ।

टोलीका संयोजक गृहका सहसचिव वीरेन्द्रकुमार यादवका प्रारम्भिक चरणमा तथ्यांक संकलनमा टोली खटेकाले अनुसन्धानको विषय टुङ्गिन केही समय लाग्ने बताए । उनले टोलीको अनुसन्धानलाई सहयोग गरिदिन सबैसँग आग्रह गरे।

‘अहिले अनुसन्धान प्रारम्भिक चरणको तथ्यांक संकलनमा केन्द्रित छ’,उनले भने,’सबै कुराको अध्ययन अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७