युनिभर्सल, न्यु समिट र एभरेष्ट फ्लोरिडा कलेज मर्ज, कसको सम्पति कति ?


५ असार २०७५, मंगलवार
everest florida building

काठमाडौं, ५ असार । राजधानीका तीन ठूला चर्चित क्याम्पसहरु आपसमा मर्ज हुने भएका छन् । यसरी मर्ज हुने कलेजहरुमा युनिभर्सल, न्यु समिट र एभरेष्ट फ्लोरिडा रहेका छन् । यी तीन शैक्षिक संस्था मर्ज गर्न समिति समेत गठन थालिएको छ । तीन शैक्षिक संस्थाको फरक–फरक सामाथ्र्य मर्ज गरी राम्रो र बलियो शैक्षिक संस्था बनाउने उद्देश्यले मर्जको तयारी भईरहेको स्रोतले जानकारी दिएको छ ।everest florida building

नयाँ बानेश्वरस्थित एभरेष्ट फ्लोरिडासँग सुविधा सम्पन भवन छ । न्यू समिट कलेजले त्रिभुवन विश्व विद्यालयबाट बीएससी र सीएचआईटी विषय अध्यापन गर्ने अनुमति पाएको छ । त्यस्तै, मैतिदेबीस्थित युनिभर्सल कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीबीए अध्यापनको अनुमति पाएको छ ।

‘हामी सबैमा खास विषय पठाउने अनुमति छ तर, यथेष्ट पूर्वाधार छैन, कोहीसँग उचित पूर्वाधार छ तर, लाइसेन्स छैन । मर्ज हुँदा उचित पूर्वाधार पनि हुने र पढाउने विषय पनि हुने भएकाले मर्जको प्रक्रियामा गएका हौं’ स्रोतले भन्यो ।

पछिल्लो ६ वर्षयता विश्वविद्यालयहरुले नयाँ विषय अध्यापनको लागि अनुमति नदिएका कारण धेरै कलेजहरु क्षमता विस्तार गर्ने अवसरबाट बञ्चित भएको जानकारहरु बताउँछन् । एभरेष्ट फोरिडाबाट शिशिर उप्रेती, न्यु समिटबाट रामेश्वर अर्याल, युनिभर्सलबाट शिवदत्त ज्ञवाली रहने गरी मर्जर समिति बनेको छ । मर्जर समितिले तीन वटा कलेजबीच बराबर शेयर हिस्सा रहने गरी मर्जरको रणनीति तयार गरिंदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७