अलविदा डा. उपेन्द्र देवकोटा (फोटोफिचर)


५ असार २०७५, मंगलवार
Upendra devkota 1 1
8f b]jsf]6fk|lt >4f~hln sf7df8f}Fsf afF;af/Ll:yt Go”/f] c:ktfndf d+unaf/ cfˆgf lktf 8f pk]Gb| b]jsf]6fsf] kfly{j z/L/k|lt >4f~hlnsf qmddf efjljXjn 5f]/Lx? . /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, ५ असार । आफनो मृत्युलाई जसले सहज स्वीकार गरिसकेका  वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा निधन भयो । गत कार्तिकमा स्वास्थयमा समस्या देखिएपछि मंसिरमा उपचारका लागि बेलायत गएका उनी आफनो उपचार नहुने पत्तो पाएपछि बाँकी जीवन नेपालमै विताउने गरी फर्किए । उनै देवकोटाको आज अन्तिम विदाई भएकाे छ । उनकाे अाज पशुपति अार्यघाटमा राष्ट्रिय सम्मानका साथ सम्पन्न अत्येष्टी गरेका छन् ।

Upendra devkota 1 2
पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिंदै ।

उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको बिहान उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा राखिएको थियो ।  बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि दिन पुगे । श्रद्धाञ्जलीका लागि उनका सहकर्मी, आफन्त देखि सर्वसाधरण समेत पुगेका छन् ।

याे पनि पढ्नुहाेस्
डा. देवकोटाको स्वास्थ्यमा सुधार, उपाधि ग्रहण गर्दे भने, ‘आइएम ह्याप्पी’
जन्मघर गाेरखामा डा. देवकोटा 

 

उनलाई नेपालमै सिटी र एमआरआई गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको देखिएका थिए । त्यसपछि बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्त नली) मा क्यान्सर प्रमाणित भएको थियो । अनेक उपचारको प्रयास गरिएको सफल नभएपछि माघ ११ मा केमोथेरापी सुरु गरिएको थियो ।

तीन चरणसम्म केमोथेरापी गर्दा पनि उनको स्वास्थ्यमा सुधार भएन । पित्तथैलीको शल्यक्रियासमेत गर्न नमिल्ने अवस्था आएपछि उनले ‘एक्सपेरिमेन्टल ट्रिटमेन्ट’ गर्नुपर्ने थियो । तर उनी विदेशमा बस्नुभन्दा स्वदेश फर्केर बाँकी जीवन बिताउने अठोट गरी फर्केका थिए ।
जेठ २६ गते उनी विरामी अवस्थामै जन्मस्थानको भ्रमण गर्ने इच्छा राखेपछि हेलिकप्टरबाट गोरखा पण्डित गाउँ पु¥याइएको थियो । उनले सिस्नेधाराको पानी पिएर जन्मघरको पिढिमा सुस्ताउने इच्छा पुरा गरेका थिए ।

Upendra devkota 1 2

Upendra devkota 2 1

Upendra devkota 3 1

Upendra devkota 4

Upendra devkota 5 1

Upendra devkota 6

Upendra devkota 1 1

yogesh bhattrai

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७