प्रचारप्रसार गर्न प्रेस चौतारी र सेन्टरको संयुक्त समिति


१३ कार्तिक २०७४, सोमबार

काठमाडौँ, १२ कात्तिक : प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले चुनाव तालमेलसहितको वामपन्थीबीचको एकता प्रक्रियालाई स्वागत गर्दै आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल बनाउन केन्द्रित हुने निर्णय गरेका छन् ।

पत्रकारका दुई संगठनको आइतबार बसेको संयुक्त बैठकले प्रदेश र जिल्ला तहसम्म संयुक्त चुनाव प्रचारप्रसार समिति निर्माण गर्ने निर्णय गरेको छ । संयुक्त बैठकले वाम गठबन्धनका उम्मेदवार विजयी बनाउन संयुक्त समिति निर्माण गर्ने निर्णय गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।

press chautari and center 1

बैठकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा संयुक्त भेला गर्ने निर्णय गरेको प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले जानकारी दिए । बैठकले निर्वाचन प्रचारप्रसार र एकीकरणको विषयमा आवश्यक गृहकार्य गर्न ११ सदस्यीय सचिवालय गठन गरेको छ । स्रोतका अनुसार दुबै संगठनले जिल्ला र प्रदेशस्तरमा संयुक्त परिचालन समिति तीनदिनभित्र गठन गर्न आन्तरिक सर्कुलर समेत गरेको छ ।

सचिवालयमा चौतारीबाट अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलन, सचिव देविका घर्तीमगर र कोषाध्यक्ष इन्द्र आचार्य रहनुभएको छ । यस्तै, प्रेस सेन्टरबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्ष ओम शर्मा, महासचिव विष्णु सापकोटा, सचिव मनोज घर्तीमगर र कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी छन् ।

बैठकले प्रदेश र जिल्ला तहसम्म दुवै संगठनको संयुक्त संयन्त्र बनाई काम गर्न र उम्मेदवारको प्रचारप्रसारमा दुवै संगठनका सदस्य सम्मिलित टोली बनाई एकमना एकताका साथ काम गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ । बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको चुनावी तालमेल र पार्टी एकताको घोषणापछि यो गठबन्धनलाई कमजोर बनाउन विरोधीहरुले फैलाइरहेको भ्रम र गलत प्रचारको चिर्नका लागि अभियान चलाउने निर्णय गरेको चौतारीका महासचिव राईले बताए ।

 

press chautari and center 3

press chautari and center 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७