अनुकृतिलाई ‘मिस इण्डिया’ को ताज, यस्तो छ उनको संघर्षको कथा


६ असार २०७५, बुधबार
miss india anukriti 20180620094957

काठमाडौं, ६ असार । तमिलनाडुकी अनुकृति भासले ‘फेमिना मिस इण्डिया २०१८’ को ताज हात पारेकी छिन् । हरियाणाकी मीनाक्षी चौधरी फस्ट रनर अफ र आन्ध्र प्रदेशकी श्रेया रावले सेकेण्ड रनर अफ बनेकी छन् ।miss india anukriti 20180620094957

मंगलबार मुम्बईमा भएको कार्यक्रममा २९ प्रतिष्पधीलाई पाखा लगाउँदै १९ वर्षीया अनुकृतिले मिस इण्डियाको ताज चुम्न सफल भएकी हुन् । अब अनुकृतिले विश्व सुन्दरी प्रतियोगितामा भारतको तर्फबाट प्रतिनिधत्व गर्नेछिन् । यसभन्दा अघि अनुकृतिले ‘फेमिना मिस तमील नाडु’ को ताज जितिसकेकी छन् । अनुकृतिलाई पूर्व मस इण्डिया मानुषी छिल्लरले ताज पहिराएकी हुन् ।

अनुकृति एक प्रोफेसनल खेलाडी तथा डान्सर पनि हुन् । उनले आमाको सपना पूरा गर्न फ्रेन्च भाषा पढ्दै गरेको बताएकी छिन् । उनी हाल लोयोला कलेजमा फ्रेन्च भाषा लिएर बीए दोस्रो वर्षमा पढ्दै छिन् । अनुकृति भविष्यमा सुपर मोडल बन्न चाहिन्छन् । कार्यक्रमा अभिनेत्री माधुरी दीक्षित, करिना कपुर र जैकलिन फर्नाडिसले नृत्य प्रस्तुत गरेका थिए ।

को हुन् अनुकृति ?miss india1 20180620095201

तमिलनाडुकी अनुकृति चेन्नईको लोयोला कलेजमा पढ्दैछिन् । आफूलाई सामान्य बताउने उनी भ्रमण गर्न र नाच्न मन पराउँछिन् । उनले मिस इण्डियाको ताज हात पारेपछि एक अन्तरर्वातामा भनेकी छिन, ‘म तमिलनाडुको शहरमा हुर्केकी हुँ, जहाँ महिलालाई स्वतन्त्रता छैन । त्यहाँका महिला बेलुका ६ बजेपछि घरबाट बाहिर निस्कन पाउँदैनन् । त्यसैले म त्यो समाजको पूर्णविरोध गर्दै आएकी छु ।’ उनले भनेकी छिन्, ‘महिलालाई समाजले गरेको भेदभावको अन्त्य गर्न मिस इण्डिियामा भाग लिन आएकी हुँ । ताज चुम्न सफल भएँ । मैले बन्धन तोडे पनि म जस्तै बन्धनमा रहेका दिदीबहिनीलाई बाहिर निकाल्न चाहन्छु ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७