हङकङमा नेपालीले उचाले ट्रफी


५ असार २०७५, मंगलवार
hongkong dragan boat 1

हङकङ, ५ असार । हङकङमा नेपालीले ‘सन लाईफ अन्तर्रा्ष्ट्रिय ड्रागन बोट प्रतियोगिता’मा ट्रफी उचालेका छन् । hongkong dragan boat 2

हङकङको पर्यटकीय स्थल स्टान्लीको समुद्रमा आयोजना भएको उक्त अन्तर्रा्ष्ट्रिय ड्रागनबोट च्याम्पियनसिपमा ओपन डिभिजनतर्फ नेपाली सम्मिलित जि क्लाड्स ड्रागनले सिल्भर कपतर्फ तेस्रो स्थान हासिल गर्दे ट्रफी उचालेको हो । उक्त टिमले २७० मिटरको दुरी १ मिनेट १८ सेकेन्ड २८ मिलिसेकेन्डमा पार गरेको थियो ।
यसैगरी नेप्लिज ड्रागन्स टिमले सोही क्याटेगोरीमा १ मिनेट १८ सेकेन्ड ३८ मिलिसेकेन्डमा पार गरी चौथो स्थान हासिल गरेको छ ।

ट्रफी उचालेपछि जि क्लाड्स कम्पनीका प्रबन्ध निर्देशक तथा रेसमा सहभागी प्याड्लर ग्यारी गुरुङले पहिलो प्रयासमै ट्रफी उचाले सकेकोमा खुसी व्यक्त गरे ।

नेप्लिज ड्रागनका टिमले गतवर्ष छैटौं स्थान हासिल गरेका थियो । गत वर्ष भन्दा टाइमिङ राम्रो नभए पनि पोजिसन राम्रो भएको छ ।’ ड्रागनका टिमका क्याप्टेन विजय सुब्बाले खुसी व्यक्त गर्दे भने,‘हाम्रो बरियता उक्लिएको छ, टाइमिङ त मौसम, हावाको गति र तापक्रम आदिले पनि प्रभाव पार्छ ।’ उनले अर्को वर्ष थप तयारी गरि प्रतियोगितामा शसक्त भएर उत्रने बताए ।

मिन्स डिभिजन ए, ओपन डिभिजन, मिक्स्ड, लेडिज र युनिभर्सिटी कपका लागि कुल २७१ टिमले गोल्ड, सिल्भर, ब्रोन्ज र बौल कपका लागि प्रतिस्पर्धा गरेका थिए।
पहिलो रेसमा पहिलो र दोश्रो हुने गोल्डकप, तेस्रो चौथो र पाचौं स्थान लिने सिल्भर, छैटौं सातौं आठौं नवौं हुने ब्रोन्ज र बाँकी अन्तिम हुनेहरु बौल कपका लागि छानिने गर्दछन् ।

१८ प्याड्लर, एक ड्रमर र एक स्टिरमैन गरी कुल बीस जनाको एक टिम हुने गर्छ ।

 

hongkong dragan boat 3 hongkong dragan boat 4

hongkong dragan boat 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७