मलेसिया गन्तव्य अनिश्चित, तीन हजार युवाको श्रम स्वीकृति रोकियो


६ असार २०७५, बुधबार
malesiya 3

काठमाडौं, ६ असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सिद्धान्त विपरीत कामदारमाथि आर्थिक भार थोपर्ने मलेसियाको नीति परिवर्तन नगरेसम्म नयाँ कामदार नपठाउने अडानलाई नेपालले यथावत् राखेको छ ।malesiya 3

जसका कारण मलेसिया जानका लागि श्रम स्वीकृतिको प्रक्रियामा रहेका तीन हजार बढी युवाको श्रम स्वीकृति रोकिएको छ । मलेसियाले कामदारसँग रकम असुल गर्न खडा गरेका चार संयन्त्र खारेज गरी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले नयाँ श्रम स्वीकृति बन्द गरेको छ । बिदामा आएका कामदारले मात्रै मलेसिया जान पुनः श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिकमन्त्री गोकर्ण विष्टले मलेसियासँग कूटनीतिक तहबाट संवाद भइरहेको बताएका छन् । ‘मलेसियाको नयाँ सरकारले नेपाली कामदारको हितमा नयाँ नीति अख्तियार गर्छ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘हामीले हाम्रा विषय नेपाली दूतावासमार्फत मलेसिया सरकारलाई अवगत गराइसकेका छौं ।’

‘हाम्रो विषयमा उच्च तहमा छलफल गर्न केही समय लाग्ने देखिएको छ,’ मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमार खरेलले भने, ‘यहाँ पर्वका कारण सरकारी काम प्रभावित भएका छन् ।’ कामदारको राहदानी संकलन गर्ने, संकलित राहदानी दूतावाससम्म पु¥याउने, फिंगरिङ गर्ने र कामदारको स्वास्थ्य परीक्षणका लागि आफैंले संस्था छान्ने कार्यमा नेपालले असहमति जनाएको छ । भिसा लगाउने प्रक्रियाका लागि मात्रै यी सेवा लिएबापत कामदारले करिब १८ हजार रुपैयाँ खर्च गर्नुपथ्र्यो ।

केही व्यवसायीले भने पूर्वश्रम स्वीकृति पाइसकेका कम्पनीलाई कामदार पठाउने अनुमति दिन अनुरोध गरेका छन् । त्यसरी भिसा लागिसकेका झण्डै ५ सय कामदार छन् । श्रम मन्त्रालयले पूर्वश्रम स्वीकृति पाइसकेकालाई केही समय स्वीकृति दिने कार्यलाई ‘होल्ड’ गरेको छ । मलेसियामा झण्डै ७ लाख नेपाली कार्यरत छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७