गीतकार रार्इलार्इ १२ करोडको गाडी उपहार


६ असार २०७५, बुधबार
bhadrakala rai

काठमाडौं, ६ असार । गीतकार भद्रकला आङ्बुहाङ राईले १२ करोड बराबरको उपहार पाएकी छिन् । उनले हङकङ निवासी पती ओमप्रकाश राईबाट गाडि उपहार पाएकी हुन् । हङकङको व्यस्तताबीच आफ्नो प्रेमलाई दर्शाउँनका लागि ओमप्रकाशले श्रीमती राईलाई गाडी सरप्राईज गिफ्ट दिएको बताए । bhadrakala rai

उनले बिएमडब्लु कर्पोरेशनले स्थापनाको ५० औँ बर्षमा लञ्च गरेको विशेष डिजाईनको बिएमडब्लु एक्स फाईभ २०१८ गिफ्ट गरेका हुन् । यसको बजार मुल्य नेपाली रुपैयाँ १२ करोड ४१ लाख आठ हजार पर्छ ।

उनले श्रीमतिलाई उपहार दिएपछि भने,‘मैले प्रेमलाई पैसासँग भन्दा पनि मेहनत गरेको कमाईबाट उसलाई सरप्राईज गिफ्ट गरेको हुँ ।’उनी थप्छन्, ‘महिलाहरु पनि सक्षम छन, घरको चुलोचौको भन्दा बाहिर निस्कन सके धेरै कुरामा अघि बढ्न सक्छन् भन्ने सोचलाई पुष्टि गर्न पनि यो उपहार दिएको हुँ ।’

उपहार पाएकी भद्रकला नेपाली नेपालीको सांगितीक क्षेत्रमा चर्चित गीतकार हुन् । ‘तिम्रो यादमा आज आँसु बगाउँछु’ भन्ने गीतबाट लेखनको यात्रा शुरु गरेकी उनले शुरेश अधिकारीको एकल संगीतमा ‘अजम्बरी गिती’ सङ्ग्रह निकालि सकेकी छिन् । पछिल्लो समय उनकै शब्द बादल लिम्बुको संगीतमा राजेशपायल राईको स्वरमा रेकर्ड भएको ‘मैले मायाले दिएको चिनो’ चर्चामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७