कर नतिरेको भन्दै ‘विप्लव’ माओवादीद्वारा एनसेल टावर ध्वस्त


९ भाद्र २०७४, शुक्रबार
news ncell

news ncell

गोरखा : एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावर ध्वस्त बनाएका छन् । नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर शनिबार बिहान टावरमा आगो लगाएका हुन् ।

नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिएका छन् । उनले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताए । पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उनको भनाइ छ । राज्यलाई तत्कालै कर नतिरेमा जिल्लाको अन्य क्षेत्रमा रहेका टावरमा समेत आगजनी गर्ने नेकपा माओवादीले चेतावनी दिएको छ ।

तीन जनाको समूहले टावरमा लगाएको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले टावरमा आगो लगाउने समूहको खोजी भइरहेको बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७