आर्डेर्नले छोरी जन्माइन्, प्रधानमन्त्री हुँदा आमा बन्ने दोस्रो महिला


७ असार २०७५, बिहीबार
Prime ministry ardern

न्युजिल्यान्ड, ७ असार । न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेर्नले छोरीलाई जन्म दिएकी छन् । बिहीबार बिहान अस्पताल भर्ना भएकी आर्डेर्नले ३.३१ केजी तौलकी छोरीलाई जन्म दिएकी हुन्।Prime ministry ardern

अकल्याण्ड शहरको एक अस्पतालमा छोरीलाई जन्म दिएको जानकारी सामाजिक सञ्जालमार्फत दिँदै उनले अस्पतालका कर्मचारीलाई धन्यवाद दिएकी छिन् ।

नवजात शिशु स्वस्थ रहेका जानकारी दिँदै आर्डर्न र उनका प्रेमी क्लार्क गेफोर्डले लेखेका छन, ‘वी वान्ना तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी आफूलाई निकै भाग्यमानी ठानिरहेका छौँ ।’

प्रधानमन्त्री पदमा रहँदा शिशुलाई जन्मदिने आर्डर्न दोस्रो विश्व नेता हुन् ।विश्व इतिहासमा निवार्चित भएर प्रधानमन्त्री चलाइरहेकी महिलाले बच्चालाई जन्म दिएको यो दोस्रो घटना हो । यसअघि पाकिस्तानकी प्रधानमन्त्री बेनेजिर भुट्टो पद सम्हालेका बेला सन् १९९०मा आमा बनेकी थिइन् ।

छोरीको जन्मपछि ३७ वर्षीया आर्डेर्नले ६ साता सुत्केरी बिदा लिने भएकी छन्। उनी विदामा बस्दा उपप्रधानमन्त्री विन्स्टन पिटर्सले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । तर उनले आफू ६ साताको सुत्केरी बिदामा रहेको बेलापनि मन्त्रिपरिषद्को दस्तावेजहरूको अध्ययन गर्ने बताएकी छिन्।

उनलाई पुत्री खबर सार्वजनिक भए लगत्तै न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुल लगायतका व्यक्तिबाट बधाईको ओइरो लाग्न थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७