साझा सुुविधा केन्द्रबाट एक लाखले रोजगार पाउने


९ भाद्र २०७४, शुक्रबार
Allo Kapada

 

Allo Kapada

काठमाडौँ: उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले खेरजाने कच्चा पदार्थलाई उपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए।

मन्त्री जोशीले पहिलो चरणमा ११ र पछिल्लो चरणमा ११ गरीे २२ जिल्लामा नेपाली प्राविधिकबाट उत्पादित उपकरणलाई उपयोग गरी अल्लो प्रशोधन केन्द्र स्थापनाबाट एकलाख भन्दा बढी महिलालाई रोजगारी दिने कार्यक्रमको उद्देश्य रहेको बताए ।

वनमा कुहिएर जाने चाल्ने सिस्नोको बोटलाई प्रशोधन गरी प्राप्त हुने रेशालाई अल्लो भनिन्छ । अल्लोको धागोबाट करिव २०० प्रकारका बस्तु उत्पादन हुने र ती उत्पादन अष्ट्रेलिया, अमेरिका, जर्मनी, वेल्जियम, कोरिया, जापान, स्वीजरल्यान्ड र फान्सामा निर्यात हुँदै आएको मन्त्रालयले जनाएको छ ।

विशेषगरी दलित आदिवासी महिलालाई लक्षित गरी उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले पहिलोपटक फागुनको पहिलो साताबाट देशको ११ जिल्लामा यो कार्यक्रम लागू गर्न लागिएको हो ।

डडेलधुरा, दार्चुला, कालिकोट, रोल्पा ,प्यूठान, पर्वत, दाङ, दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सुर्खेतमा पहिलोपटक अल्लो सचेतना कार्यक्रमको आयोजना गर्न लागिएको हो । ती जिल्लामा सरकारले ‘साझा सुविधा केन्द्र पनि स्थापना गर्ने भएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७