सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने


१३ कार्तिक २०७४, सोमबार
suchana tatha sanchar
;~rf/dGqL a:g]t;Fu hfkfgL k|ltlglwd08n ;”rgf tyf ;~rf/dGqL df]xgaxfb’/ a:g]t;Fu g]kfnsf] b”/;~rf/ If]qdf /0fgLlts ;fem]bf/ aGg] ;DaGwdf 5nkmn ub{} g]kfnsf nflu hfkfgsf /fhb”t df;f;L cf]ufjf, unf]an ljlhg]z ;]S6/ ckm s]l88LcfO{ sf]k/];gsf k|d’v sfo{sf/L clws[t lx/f]o’sL ;f]zLnufot hfkfgL k|ltlglwd08n . tl:a/ M eLid/fh cf]emf÷/f;;

काठमाडौँ : सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ । 

suchana tatha sanchar

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गरे ।

नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो । मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा दूरसञ्चार क्षेत्रको ठूलो योगदान भएको भन्दै सरकारले यसमा प्राथमिकताका साथ काम गर्दै आएको छ ।

नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायत प्रतिनिधिमण्डलले मन्त्री बस्नेतसँग छलफल गरेको छ ।

जापानी प्रतिनिधिमण्डलले आफूहरु नेपालको दूरसञ्चारसँग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको बताउँदै सो सम्बन्धी प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताए ।

मन्त्रालयले हाल सातै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रुपमा सामुदायिक विद्यालयमा निःशुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिसकेको छ । सरकारले आगामी तीन वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ ।

मन्त्री बस्नेतले मुलुकको भौगोलिक विकटता र प्राकृतिक विपत्तिसँग जुध्नसक्ने सूचना प्रविधिको विकासका लागि विश्वभरबाट दक्ष रणनीतिक साझेदारको खोजीमा रहेको जानकारी दिनुभयो । यसका लागि मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ ।

मन्त्री बस्नेतले सरकार दूरसञ्चार क्षेत्रमा फड्को मार्नका साथै मुलुकभित्रै नोट छपाइ, राष्ट्रिय परिचयपत्र र राहदानी छपाइको तयारीमा रहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७