वाम गठवन्धनले प्रदेश २ मा बराबरी सिट बाँडे


१३ कार्तिक २०७४, सोमबार
uml and moist talmel1

काठमाडौं : एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । सिट बाँडफाँट कार्यदलले प्रतिनिधीसभा र प्रदेशसभामा मिलाएर बराबरी सिट बाँडेकाे हाे ।

uml and moist talmel1

एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको लिएकाे छ  भने माओवादी केन्द्रले प्रतिनिधिसभाका १५ र प्रदेशका २८ सिट  लिए । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् ।

माओवादी नेता मातृका यादवका अनुसार, कार्यदलमा भएको सहमतिलाई दुबै दलको नेतृत्वले टुंगो लगाएको हो । नेता यादवका अनुसार, प्रदेशसभाका दुई सिटबारे छलफल चलिरहेको छ ।

वाम गठबन्धनले तीन सिट स्वतन्त्रलाई छाडेको छ । त्यसमा धनुषा क्षेत्र नम्बर ३, महोत्तरी २ र सर्लाही ३ रहेका छन् । धनुषा ३ बाट नेपाली कांग्रेसबाट पूर्वगृहमन्त्री विमलेन्द्र निधि उम्मेदवार बन्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७