मेस्सीको क्षमतामाथि बादल लाग्यो : अर्जेन्टिनी प्रशिक्षक


८ असार २०७५, शुक्रबार
leonal messi 2

काठमाडौं ८ असार । १९ औँ संस्करणको विश्व कप रुसमा जारी छ । ८ समूहमा विभाजित ३२ टोली प्रत्येकले आफ्नो पहिलो चरणको खेल खेलिसकेका छन् । दोस्रो चरणको खेल पनि सुरु भैसकेका छन् । गएराति सम्पन्न भएको क्रोएसियार र अर्जेन्टिनाको समूह ‘डी’को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ३-० को लज्जास्पद हार बेहोरेको छ ।

leonal messi 2

हार बेहोरेसँगै समूह चरणबाट छनोट भएर अन्तिम १६ मा नपर्ने खतरा बढेको छ । अब अर्जेन्टिनाले समुहचरणमा १ खेलमात्र खेल्न पाउने छ । अर्जेन्टिनाले हार बेहोरिनुमा खेलाडीहरूको दोष रहेको अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पाओलीले बताएका छन् । उनले खेलमा स्टार लिओनल मेस्सीलाई खेलाडीले साथ नदिएको टिप्पणी गरेका छन् । साम्पाओलीले भनेका छन्, अर्जेन्टिनी टिमका कारण मेस्सीको क्षमतामाथि बादल लागेको छ । लियो सीमित छन् उनको अनुसार टिम छैन ।’

अर्जेन्टिनाले विजयीको लागि फरक रणनीति बनाएकोले त्यसले विपक्षी टिममाथि दबाब पर्ने बताएका थिए । तर, क्र्रोएसियाले पहिलो गोल गरेपछि आफूहरू भावनात्मक रूपले हारेको साम्पाओलीले बताएका छन् । उनले अजेन्टिनाको ड्राइभिङ फोर्स मेस्सी मात्रै रहेको बताएका छन् । उनले भने, तर हामीले मेस्सीलाई भेटाउन सकेनौँ । लिओलाई बल दिन टिमवर्क ग¥यौं । विपक्षीले छल्न काम ग¥यौं ।’ साम्पाओलीले हार लाज मर्दो भएको स्वीकार्दै समर्थमाथि माफी मागेको छ ।

हुन त अर्जेन्टिना सन् १९९० को विश्व कपमा समूह चारणको पहिलो खेलमा पनि पराजित भएको थियो । तर, पछिल्लो खेलमा सुधार गर्दै ल्यार फाइनलसम्म पुगेका थिए । तर, यसपालिको खेलमा भने अन्तिम १६ मा पुग्ने सम्भावना घटेको छ । क्र्रोएसियाले २ खेलमा २ खेलमा नै विजयी हासिल गरी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । अर्जेन्टिनाको -३ रहेको छ । समूहमा २ खेलिखेलेका अर्जेन्टिना पहिलो खेलमा आइसल्याण्डसँग बराबरी अंक बाँडेको थियो । एक खेलिखेलेका आइसल्याण्ड भने एक अंकसहित समूहको दोस्रो स्थानमा छ । समूहको अन्तिममा रहेको नाइजेरिया अंक विहीन छ । तर, नाइजेरियाले एक खेल खेल्नबाँकी छ ।

अब नाइजेरियाले आइल्याण्डको सामना गर्ने छ । नाइजेरियाले आइसल्याण्डलाई बराबरीमा रोक सक्यो र अर्जेन्टिनाले नाइजेरियालाई हराउन सकेको खण्डमा मात्रै अर्जेन्टिनाले ४ अंक जोड्ने छ । र, आइल्याण्ड २ अंकका साथ दोस्रो र नाइजेरिया १ अंकका साथ चौथो स्थानमा रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७