एनपीएम र एग्री विजनेश पढ्न अब विदेश जान नपर्ने, किंग्स कलेजले थाल्यो पढाइ


८ असार २०७५, शुक्रबार
Kings College Logo 01

काठमाडौं, ८ असार । एनपीएम र एग्री विजनेश पढ्नका लागि अब नेपाली विद्यार्थीहरुले विदेश जान नपर्ने भएको छ । किंग्स कलेजले नेपालमा पहिलो पटक २ नयाँ कोर्सहरु सञ्चालन गर्ने भएको छ ।Kings College Logo 01

कलेजले यसै बर्षदेखि ‘एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट’ र ‘एमबिए इन एग्री विजनेश’ सञ्चालन गर्ने भएको हो । अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आगामी साउन दोस्रो हप्तादेखि कक्षा सञ्चालन हुने कलेजले जानकारी दिएको छ । उक्त कोर्स नेपालमै पढाइ हुने भएपछि विद्यार्थी, अभिभावकको आर्थिक भार पनि घट्ने भएको छ ।

उक्त कोर्सहरुको स्विकृति पनि त्रिभुवन विश्वविद्यालयले दिइसकेको कलेजले जानकारी दिएको छ । उद्यामशिलतासंग मिल्दोजुल्दो विषय नेपालका लागि आवश्यक भएको भन्दै उक्त २ विषय नेपालमै पठनपाठन गर्न लागेको पनि कलेजले जानकारी दिएको छ । यसका साथै नेपालका कृषिक्षेत्र पनि अझै परम्परागत शैलीकै भएको र यसलाइ प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउन पर्ने आवश्यक जनशक्ति तथा उद्यमीहरु तयार गर्न यी विषय अध्यापन गर्न लागिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७