बीच बाटोमा बाइकको क्लचले काम गरेन ? यसरी कुदाउनुस् बिना क्लच बाइक


८ असार २०७५, शुक्रबार
cluch

काठमाडौं, ८ असार । मोटरसाइकल र गाडी चलाउनेहरुलाई क्लच के हो भन्ने कुरा सिकाउन पर्दैन , तर, क्लचले तपाईलाई यात्राका क्रममा कतिको दुःख दिएको छ ? अझ भिड बाटोमा बीचैमा क्लच बिग्रिएर कतै दुःख त पाउनु भएको छैन ? कहिलेकाहीं बीच बाटोमा क्लच बिग्रिएकै कारण बाइक धकेल्दै गरेको दृष्य हामी देख्न सक्छौं ।cluch

सवारी साधनका लागि क्लच एक महत्वपूर्ण पाटो हो । यसले गाडी वा मोटरसाइकलको गति नियन्त्रण गर्नुका साथै गियर परिवर्तनका बेला महत्पूर्ण भूमिका निर्वाह गर्छ । यात्राको क्रममा बीच बाटोमा मोटरसाइकलको क्लच बिग्रियो भने के गर्ने भनेर चिन्ता हुने गर्छ । बाइक धकेलेर वर्कशप खोज्दै हिँड्नुपर्ने अवस्था आउछ । यस्तोमा चालकलाइ हैरानी हुने गर्छ, क्लच विना पनि बाइक चलाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आज हामी केहि यस्ता टिप्स तपाईलाई दिदैछौं जसले तपाईलाई फाइदा हुन्छ ।

खुला स्थान– यात्रा गर्दागर्दै बाइकको क्लच बिग्रिएको अवस्थामा बाइकलाई सडकको बायाँ किनारमा लग्नुस् । बाइकलाई न्यूटलमा राख्नुहोस् । अब बाइकमा राम्रोसँग बसेर बाइकको ह्यान्डललाई बलियो गरी समाउनुहोस् र स्र्टाट गर्नुहोस् । अब स्टार्ट गरिसकेपछि ध्यानपूर्वक एक गियरमा राख्नुहोस् । याद गर्नुहोस्, तपाईंको क्लच बिग्रिएको छ । खुल्ला स्थानमा बाइकलाई यसकारण राख्नुस् कि विना क्लच बाइकमा गियरमा राख्दा अगाडि हुत्तिन सक्ने हुन्छ ।

एक्सलेरेटर– जब क्लचले काम गर्दैन, त्यतिबेला एक्सलेरेटरमा निकै ध्यान दिनु पर्ने हुन्छ । विना क्लच बाइकलाई गियरमा राख्दा स्टार्ट बन्द हुने सम्भावना धेरै हुन्छ । यदि तपाईंले एकैसाथ एक्सलेरेटर पनि विस्तारै बढाउनु भएन भने स्टार्ट बन्द हुन्छ ।

स्पीड–क्लच बिग्रिएको अवस्थामा बाइक सामान्य गतिमा मात्र चलाउनु पर्छ । बाइकलाई २५ देखि ३० को गतिभन्दा माथि नचलाउनुहोस् ताकी रोक्नुपर्ने अवस्थामा स्पीड कन्ट्रोलमा राख्न सकियोस् ।

भीडभाड र ज्यादा ट्राफिक–भीडभाड तथा ज्यादा ट्राफिक भएको स्थानतिर बाइक नचलाउनुहोस् । गियर चेञ्ज धेरै गर्नुपर्ने यस्तो स्थानमा बाइक चलाउँदा अत्याधिक मात्रामा क्लचको पनि प्रयोग गर्नुपर्ने हुन्छ । यसरी तपाईले आफ्नो नजिक रहेको वर्कशपसम्म वाइकलाई लैजान सक्नु हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७