ब्राजिलले कोष्टारिकालार्इ २-०ले हरायाे, नेयमारले गरे एक गोल


८ असार २०७५, शुक्रबार
4D85F7C100000578 0 image m 5 1529675822210

मस्को, ८ असार । रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको समूह ई को खेलमा ब्राजिलले कोष्टारिकालाई पराजित गरेको छ । पिटर्सवर्ग स्टेडियममा भएको खेलमा ब्राजिलले इन्जुरी समयमा दुई गोल गर्दे कोष्टारिकालाई पराजित गरेको हो ।4D85F7C100000578 0 image m 5 1529675822210

ब्राजिलले कोष्टारिका पराजित गरेसँगै अन्तिम १६ प्रवेशको सम्भावना बलियो बनाएको छ । पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको इन्जुरी समयमा कौटिन्होले ९१ औं मिनेट र नेइमारले अन्तिम मिनेटमा गर्दे गोल ब्राजिललाई जिताए ।

अधिकांश समय बल नियन्त्रणमा लिएको ब्राजिलले गोलका लागि निकै सर्घष गर्नु परेको थियो । ब्राजिलले कोष्टारिकाविरुद्ध आफ्नो स्वभाविक खेल देखाए पनि फिनिसिङ कमजोर थिए । उनले कोष्टारिका पोष्टमा २२ पटक प्रहार गरेका थिए ।


1529674771859 lc galleryImage Soccer Football World Cup

 

यसअघि पहिलो खेलमा ब्राजिललाई स्विट्जरल्यान्डले बराबरीमा रोकेको थियो । पहिलो खेलमा पराजित भएको कोस्टारिका लगातार पराजित हुँदै लगभग बाहिरिएको छ । कोस्टारिकालाई सर्वियाले पराजित गरेको थियो ।

समुहमा ईमा ब्राजिल दुई खेलबाट ४ अंकका साथ पहिलो स्थानमा छ । यस्तै सर्विया एक खेलबाट ३ अंंकका साथ दोस्रो, स्वीजरल्याण्ड एक खेलबाट १ अंकका साथ तेस्रो र कोस्टारिका दुई खेल हार्दे अंक बिहिन सुमहको पुच्छारमा छ । नेपाल समय अनुसार रातको पौने १२ बजे यसै समुहको स्वीजरल्याण्ड र सर्वियाको खेल हुनेछ ।

World Cup 2018 Brazil Costa Rica 2

 

World Cup 2018 Brazil Costa Rica 4

World Cup 2018 Brazil Costa Rica 5

World Cup 2018 Brazil Costa Rica 6

World Cup 2018 Brazil Costa Rica 7

 

World Cup 2018 Brazil Costa Rica 10

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७