खेलाडी सामपाओलीलाई हटाउन चाहन्छन भन्ने हल्लामात्रै : अर्जेन्टिना


९ असार २०७५, शनिबार
sampoli.jpg.image .784.410

ब्रोनिट्सी, रूस, ८ असार । अर्जेन्टिनाले खेलाडिहरू प्रशिक्षक प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेकाे भन्ने कुरा हल्ला मात्र भएकाे बताएका छन् । sampoli.jpg.image .784.410

क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ ।

‘यो विल्कुल गलत हो,’ अर्जेन्टिनी फुटबल समूहका अधिकारीले बताएका छन् । ‘खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन्,’ स्रोतले जनाएको छ ।

बिहीबारको खेलपछि अर्जेन्टिनाका स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षक र प्रशिक्षण समूहका अन्य सदस्यबीच तनाब बढेको र खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन चाहेको भन्ने समाचारहरू बाहिरिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७