इथियोपियाको प्रधानमन्त्रीको र्‍यालीमा विस्फोट, कैयौँको मृत्यु


९ असार २०७५, शनिबार
102171660 ethiopian pm epa

काठमाडौं, ९ असार   । इथियोपियामा देशका प्रधानमन्त्रीले सम्बोधन गरिरहेको एर्क र्‍यालीमा विस्फोट भएको छ । धेरै मानिसहरूको ज्यान गएको ठानिएको छ तर प्रष्ट विवरणहरू प्राप्त भइसकेका छैनन्।102171660 ethiopian pm epa

राजधानी अदिस अबाबाको मुख्य चोकमा आयोजित कार्यक्रममा हजारौं मानिस सहभागी भएका थिए । जुलुसपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम अनुसार अवियले सम्बोधन गरिरहेका समय विष्फोट गराइएको थियो । राजधानीको मुटुमा आयोजना गरिएको सभामा विष्फोट भएपछि प्रधानमन्त्रीले आफ्नो सम्बोधनलाई बिचैमा राकेर घटनास्थलबाट बाहिरिनुभएको थियो भने विष्फोटबाट आत्तिएका कार्यक्रमका सहभागी मञ्चतर्फ बढेका थिए, प्रत्यक्षदर्शीसमेत रहेका एएफपीका सम्वाददाताले बताए ।

जुलुसमा भएको अपार सहभागितालाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै राज्य सञ्चालित समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ ।  मृतक सबै जनाले माया र शान्तिका लागि शाहदत प्राप्त गरेको छ, अवियलाई उद्धृत गर्दै फानाले जनाएको छ । विष्फोटको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । सभास्थल मास्केल स्क्वाएरलाई खुला बनाउने क्रममा प्रहरीले अश्रुग्यास हानेको छ ।

प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उनले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गरेको थियो । मानवअधिकार उल्लंघन गरेको भन्दै उनले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गरेको थियो । पछिल्लो घटनालाई अहमदले ’इथियोपियालाई एकतावद्ध देख्न नचाहने शक्तिहरूले गरेको असफल प्रयास’का रुपमा चित्रण गरेका छन् ।

गत अप्रिलमा जिम्मेवारी सम्हालेका अवियले आफू निर्वाचित भएपछि पहिलोपटक राजधानीमा सम्बोधन गर्दै थिए । यद्यपि उनले प्रान्तीय सभाहरूमा भने सहभागी भइरहेका छन् ।

बितेका तीन महिनामा नयाँ प्रधानमन्त्रीका रूपमा उहाँले सुरक्षा सेवा, पूर्व सरकारद्वारा कैदमा लिएका राजनैतिक वन्दी, अर्थतन्त्रको उदारीकरण र दुई दशकदेखि इथियोपियासँग द्वन्द्वरत इरिट्रियासँगको विवाद समाधान लगायतका बिषयमा व्यापक परिवर्तन ल्याएको बताइँदै आएको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७