एसईईको ‘रिजल्ट’ सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा


९ असार २०७५, शनिबार
chse results

काठमाडौं ९ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सानोठिमीका परीक्षा नियन्त्रक कार्यालयले एक सूचना जारी गरी नतिजा सार्वजनिक गरेको छ ।see result b49l0HqRBu

परीक्षा बोर्डको बैठक बसी बैठक सम्पन्न लगतै एसईईको नतिजा साजर्वजनिक गरेको हो । गत चैत आठ गतेदेखि सञ्चालन भएको एसईई परिक्षमा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थीले परीक्षा दिएका थिए ।

सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म १४ हजार २ सय ३४ जना सफल भएका छन् ।

त्यसैगरी जीपीए ३.२५ देखि ३्.६० सम्म ४६ हजार १ सय ३० विद्यार्थी सफल भएका छन् ।

त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ४९ हजार ३७ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ७० हजार ५ सय १२ जना सफल भएका छन् ।

२.०५ देखि २.४० सम्म ६१ हजार ८ सय ७० जना सफल भएका छन् भने १.६५ देखि २.०० सम्म १ लाख १ हजार ४३ जना सफल भए ।2 4

यसरी हेर्नुसकिन्छ नतिजा

एसईईको नतिजा एसएसमएस, अइभीआर तथा वेबसाइटबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । एसईईको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ । आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ । एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि तलको सूचना हेर्नुहोला । साथै विभिन्न वेबसाइटबाट पनि एसईईको नतिजा हेर्न सकिने छ ।

नतिजा हेर्न शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np  मा, परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np  मा हेर्न सकिन्छ । नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र एनसेलको वेबसाइट www.ncell.axita.com  मा पनि नतिजा हेर्न सकिन्छ । https://results.ekantipur.com, www.edusanjal.com  र www.edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ ।

see 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७