एसईईमा १.६0 देखि २ जिपिए ल्याउने धेरै विद्यार्थी, कति जिपिएले कुन विषय पढ्न पाउँछ ?


९ असार २०७५, शनिबार
student 2

काठमाडौं, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईइ) को नतिजा शनिबार सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको परिक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो।see result b49l0HqRBu

कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्। ।

यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्।् । २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना विद्यार्थी छन् ।

यसैगरी २ देखि .४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन्। १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन्। ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।set 1 2362018040331

कति ग्रेड पाउँदा कति प्रतिशत ?
कति ग्रेड पाउँदा कति प्रतिशत हो? र, कुन विषयमा कति ग्रेड पाउँदा कुन विषयमा प्लस–टु पढ्न पाइन्छ । परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीले प्राप्त गरेको यही प्रतिशतका आधारमा उसको ग्रेड प्वाइन्ट र त्यसकै आधारमा ग्रेड दिने गरेको छ ।

९० प्रतिशत वा त्योभन्दा माथि (३.६ ग्रेड प्वाइन्टदेखि ४.० सम्म)– ए–प्लस
८० प्रतिशतदेखि ९० भन्दा कम (३.२ ग्रेड प्वाइन्टदेखि ३.६ सम्म)– ए
७० प्रतिशतदेखि ८० भन्दा कम (२.८ ग्रेड प्वाइन्टदेखि ३.२ सम्म)– बी–प्लस
६० प्रतिशतदेखि ७० भन्दा कम (२.४ ग्रेड प्वाइन्टदेखि २.८ सम्म)– बी ग्रेड
५० प्रतिशतदेखि ६० भन्दा कम (२.० ग्रेड प्वाइन्टदेखि २.४ सम्म)– सी–प्लस
४० प्रतिशतदेखि ५० भन्दा कम (१.६ ग्रेड प्वाइन्टदेखि २.० सम्म)– सी
३० प्रतिशतदेखि ४० भन्दा कम (१.२ ग्रेड प्वाइन्टदेखि १.६ सम्म)– डी–प्लस
२० प्रतिशतदेखि ३० भन्दा कम (०.८ ग्रेड प्वाइन्टदेखि १.२ सम्म)– डी ग्रेड
२० प्रतिशतभन्दा कम (० ग्रेड प्वाइन्टदेखि ०.८ सम्म)– ई ग्रेड

कति जिपिएले कुन विषय पढ्न पाउँछ ?
एसएलसीमा पहिलेजस्तो पास–फेल भन्ने नै नभएपछि के जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त ?

उच्च माध्यमिक शिक्षा परिषदले कुन ग्रेड ल्याउने विद्यार्थीले के विषय पढ्न पाउने भनी तोकिदिएको छ । यसअनुसार परिषदले विभिन्न १२ विषयमा औसत ग्रेड प्वाइन्ट (जिपिए) तोक्दै कक्षा ११ मा भर्ना हुन कुन विषयका लागि कति ग्रेड र ग्रेड प्वाइन्ट चाहिन्छ भनी सार्वजनिक गरेको छ ।

विज्ञान विषय पढ्न कम्तीमा गणित र विज्ञानमा ‘सी–प्लस’, अंग्रेजीमा ‘सी’ र सामाजिक शिक्षा तथा नेपालीमा ‘डी–प्लस’ आवश्यक पर्छ। विज्ञानका लागि चाहिने न्यूनतम ग्रेड प्वाइन्ट २ हो। यसमा भौतिक, रसायन, जीव, गणित, कम्प्युटर विज्ञान पर्छन्। विज्ञानबाहेक अरू जुनसुकै विषय पढ्न १.६ ग्रेड प्वाइन्ट भए पुग्छ । ग्रेड भने विषयअनुसार फरक छ ।

जस्तो, अर्थशास्त्र, बिजनेस म्याथ, भूगोल र मनोविज्ञान पढ्न गणितमा सी ग्रेडका साथै अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी–प्लस ग्रेड ल्याउनुपर्छ ।

अंग्रेजी विषय पढ्न अंग्रेजीमा सी ग्रेड तथा नेपाली र सामाजिकमा डी–प्लस ल्याउनुुपर्छ। आमसञ्चार तथा पत्रकारिता, होटल म्यानेजमेन्ट र ट्राभल एन्ड टुरिज्म पढ्न अंग्रेजीमा सी ग्रेड तथा नेपाली, गणित र सामाजिकमा डी–प्लस ल्याउनु पर्छ। नेपाली विषय पढ्न चाहनेले नेपालीमा सी ग्रेडका साथै अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड हासिल गरेको हुनुपर्छ।

प्राविधिकतर्फका जीव विज्ञान, वनस्पति विज्ञान, इलेक्ट्रोनिक, सिभिल र कम्प्युटर इन्जिनियरिङ पढ्न विज्ञान, गणित र अंग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी–प्लस ल्याउनुपर्छ। शिक्षा परिचय, शिक्षणविधि, जनसंख्या शिक्षा, वातावरण शिक्षा पढ्न जनसख्या तथा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा सी तथा नेपाली, अंग्रेजी र विज्ञानमा डी प्लस ग्रेड ल्याएकाे हुनपर्छ ।

उच्चमाध्यमिक विद्यालयको व्यावसायिक संकायमा पढ्न चाहनेले विज्ञान, अंग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सिटिइभिटीले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको शिक्षासचिव विश्वप्रकाश पण्डितले बताएका छन्।

सिटिइभिटीले अनिवार्य अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको हो । यसका साथै उसले ‘डी’ र ‘ई’ ल्याउनेलाई तालिमको अवसर दिने जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७