एसियाली राष्ट्र दक्षिण कोरिया मेक्सिकोसँग २–१ ले पराजित


९ असार २०७५, शनिबार
South Korea 1 2 Mexico 3

रसिया, ९ असार । रसियामा भइरहेको विश्वकपमा समूह एफ अन्तर्गतको खेलमा मेक्सिकोले एसियाली राष्ट्र दक्षिण कोरियालाई हराएको छ । पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई हराउँदै सनसनीपूर्ण विजयी सुरूवात गरेको मेक्सिको दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ले पराजित गरेको हो ।

मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । मेक्सिको लागि कार्लोस भेलाले गोल गरे । कोरियाका जाङ ह्यूनसोले पेनाल्टी क्षेत्रमा बल हातले छेकेपछि मेक्सिकोले पेनाल्टीको अवसर पाएको थियो।
पहिलो हाफ १–० ले अघि रहेको मेक्सिकोले दोश्रो हाफको ६६ औं मिनेट थप एक गोल गर्याे । मेक्सिको अग्रतालाई दोब्बर पार्ने गोल जर्सीका जाभियर हर्नान्डेजले गरे । मेक्सिकोका लागि १०४ औं खेल खेलिरहेका उनको यो ५० औं अन्तराष्ट्रिय गोल हो ।

२–०ले अगाडी रहेको मेक्सिको विरुद्ध दक्षिण कोरियाका एच एम सोनले अतिरिक्त समयमा एक गोल फर्काए । उनको गोलले केहि आशा थपे पनि उसलाई हारबाट भए जोगाउन सकेन ।

जितसँगै मेक्सिको दोस्रो चरण प्रवेशका सहज बनाएको छ । मेक्सिकोले यसअघिको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीलाई १–० ले पराजीत गरेको थियो । कोरिया भने एक खेल बाँकी छँदै घर फर्किने सुनिश्चित भएको छ।

समूह चरणमा स्वीडेनसँग भिडेको दक्षिण कोरियालाई स्वीडेनले पेनाल्टीबाट हराएको थियो ।

South Korea 1 2 Mexico 2

South Korea 1 2 Mexico 3

South Korea 1 2 Mexico 4

South Korea 1 2 Mexico 5

South Korea 1 2 Mexico 7

South Korea 1 2 Mexico 8

South Korea 1 2 Mexico 9

South Korea 1 2 Mexico 10

South Korea 1 2 Mexico 12

South Korea 1 2 Mexico 13

South Korea 1 2 Mexico 14

South Korea 1 2 Mexico 15

South Korea 1 2 Mexico 16

South Korea 1 2 Mexico 17

South Korea 1 2 Mexico 18 South Korea 1 2 Mexico 19

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७