कांग्रेसको नजरमा एमाले, माओवादी र वाम गठबन्धन


१४ कार्तिक २०७४, मंगलवार

काठमाडाैं :  कांग्रेसले एमालेलाई असहयोगी र अवसरवादी राजनीतिक चरित्र बोकेको पार्टी भनेको छ । एमाले राष्ट्रिय एकता र समृद्धिको बाधक भएको उसको निष्कर्ष छ । ‘एमाले संविधान निर्माणको वेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरूप्रति निरन्तर असहिष्णु र आक्रामक प्रवृत्तिका साथ क्रियाशील रह्यो,’ घोषणापत्रमा भनिएको छ, ‘संसदीय पद्धति र आचरणअनुरूप आफू सहभागी सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नुभन्दा पार्टीगत र गुटगत राजनीतिक भागबन्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक देखायो । एमालेको नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असहिष्णुता झनै बढ्यो ।’

Nepali Congress senior leaders कांग्रस नेपाली

माओवादी केन्द्र : अस्थिर र अवसरवादी
माओवादी केन्द्र अस्थिर र राजनीतिको लाभ खोज्ने अवसरवादी पार्टी भएको कांग्रेसको निष्कर्ष छ । ‘देश राजनीति मुठभेडको गम्भीर मोडमा पुगेका वेला पनि माओवादी केन्द्र द्वन्द्वकालीन प्रवृत्ति र घटनाका प्रभावबाट मुक्त हुन सकेन । दीर्घकालीन लोकतान्त्रिक सहकार्यमा आबद्ध हुनुको साटो माओवादीभित्र अस्थिर राजनीतिका बखत सत्ताको लाभ खोज्ने प्रवृत्ति देखिन्छ, माओवादीको ढुलमुले प्रवृत्तिले राष्ट्रिय राजनीतिमा अस्थिरता बढाएको छ,’ घोषणापत्रमा उल्लेख छ, ‘माओवादी केन्द्र कहिले एमालेसँग सरकार बनाउने र कहिले कांग्रेससँग सरकारमै बसी प्रतिपक्षसँग गठबन्धन गर्ने गम्भीर वैचारिक विचलन र भरोसा गर्न नसकिने पार्टी बन्दै आएको छ ।’

वाम गठबन्धनबारे
कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारहरूले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य–पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र नेपालमा साम्यवाद स्थापना गर्ने उद्देश्य राखेका छन् ।

कम्युनिस्टहरू ‘हत्यारा  र राज्यआतंकका पक्षपाती’
कांग्रेसले घोषणापत्रमा कम्युनिस्टहरूलाई ‘हत्यारा र राज्यआतंकका पक्षपाती’ भनेको छ । ‘कम्युनिस्टहरू लोकतन्त्रलाई उपयोग गरेर साम्यवाद ल्याउने चेष्टा गर्छन्,’ घोषणापत्रमा भनिएको छ, ‘कम्युनिस्टहरू शान्तिका पक्षधर हुँदैनन्, तिनले हिंसा, व्यक्ति हत्या र राज्यआतंक सिर्जना गर्ने गर्छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७