समुह एफमा रोचक समिकरण, दोस्रो चरणको लागि चारै राष्ट्रको सम्भावना


१० असार २०७५, आईतवार
South Korea 1 2 Mexico germany and sweden

काठमाडौं, १० असार । डिफेन्डिङ च्याम्पियन जर्मनीले स्वीडेन हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ । जर्मनीले स्वीडेनलाई २–१ले हराएसँगै विश्वकपको समुह एफमा रोचक समिकरण बनेको छ । South Korea 1 2 Mexico germany and sweden

मेक्सिकाे समुह एफमा खेलेको दुई खेलमा दुबै जितेर ६ अंक साथ शीर्ष स्थानमा रहेको छ । भने अन्तिम खेल स्वीडेनसँग खेल्न बाँकी छ । जर्मनी विरुद्ध एक गोल र दक्षिण कोरिया विरुद्ध एक गोल खाएर दुई गोल गरेको मेक्सिकोको गोल अन्तर प्लस २ रहेको छ ।

यस्तै दुई खेलबाट एक–एक हार र जित हात पार्दे ३ अंक जोडेको जर्मनीको गोल अन्तर शुन्य रहेको छ । उसले अंक विहिन दक्षिण कोरियासँग खेल्न बाँकी छ । जर्मनीले दोस्रो चरणमा जानका लागि दक्षिण कोरियालाई हराउनै पर्ने हुन्छ । यदी नजितेमा घर फर्किन्नेछ । तर हराएमा उसको ६ अंक हुनेछ ।Gruop F

यसैगरी जर्मनीसँग हारेको स्वीडेनको पनि ३ अंक रहेको छ । उसको पनि गोल अन्तर शुन्य रहेको छ । मेक्सिकोसँग हुने अन्तिम खेल जितेमा ६ अंक हुनेछ । हारेमा ३ अंकमै सिमित हुनुपर्नेछ । भने बरीबरी भए ४ अंक हुनेछ ।

यो पनि पढ्नुहोस्
एसियाली राष्ट्र दक्षिण कोरिया मेक्सिकोसँग २–१ ले पराजित
१० खेलाडीमा सिमित जर्मनीले स्वीडेनलाई २–१ले हरायो

समुह एफको अन्तिम खेलमा स्वीडेन र जर्मनीले जित हासिल गरेको खेल गोल अन्तरका आधारमा विजेता र उपविजेता छानिने छ । यदी दुबै खेल हारेमा उपविजेताका लागि जर्मनी, स्वीडेन र दक्षिण कोरियाबीच गोल अन्तरका आधारमा छानिन्ने छ । दुई खेलमा दुबै हारेको दक्षिण कोरियो गोल अन्तर माइस दुई रहेको छ ।

यदी समुहको दुबै अन्तिम खेल बराबरीमा टुङगिए । पनि गोल अन्तरका आधारमा जर्मनी र स्वीडेनबीच उपविजेता छानिन्नेछ । भने मेक्सिको समुह बिजेता बन्नेछ ।

समुहको अन्तिम खेलमा जर्मनी र स्वीडेन मध्ये एक जित र एकले हार अथवा एकले बराबरी गर्दा भने सजिलै समुह विजेता र उपविजेता छान्निेछ ।South Korea 1 2 Mexico 7मेक्सिको दक्षिण काेरिया  दक्षिण कोयिया विरुद्ध गोलपछि खुसियाल मनाउँदै ।
rra256yyqscm340ndg96स्वीडेनविरुद्ध निर्णायक गोलपछि खुसियाल मनाउँदै जर्मनीका खेलाडि ।

 

4D8FEE8900000578 5877941 image a 32 1529779948693
जर्मनीवरुद्ध गोलपछि खुसियाल मनाउँदै स्वीडेनका खेलाडी ।

South Korea 1 2 Mexico 12

South Korea 1 2 Mexico 13मेक्सिकोवरुद्ध गोलपछि खुसियाल मनाउँदै दक्षिण कोरियाका खेलाडी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७