एकै विद्यालयका ५ विद्यार्थी ४ जीपीएमा उत्तीर्ण


१० असार २०७५, आईतवार
pokharatopper 2462018093915

पोखरा, १० असार । पोखरास्थित पोखराको एक विद्यालयका पाँच विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासवारस्थित मदरल्याण्ड माविका प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रन्जन यादवले ४ जीपीए ल्याएका हुन् । शनिबार प्रकाशित एसईई नजिजा अनुसार उनीहरु ४ जीपीए ल्याएर उत्तीर्ण भएका हुन् ।pokharatopper 2462018093915

देशैभरबाट २४ विद्यार्थीले ४ जीपीए ल्याएकोमा एउटै विद्यालयका ५ विद्यार्थी छन् । यसैगरी पोखराकै फिस्टेल एकेडेमीका सुशान्त रानाभाटले पनि ४ जीपीए ल्याउन सफल भएका छन् । मदरल्याण्डका प्रिन्सिपल नारायण बराल परीक्षाको नतीजाले विद्यालय परिवारमा खुशीको सीमा नरहेको बताउँछन् ।

विद्यार्थी र विद्यालयको यो सफलता ‘पूर्वाधार, शिक्षक, विद्यार्थीको निरन्तरको मेहनत, सिक्ने र सिकाउने वातारण र विद्यार्थीलाई आवश्यक स्वन्त्रता रहने गरी पढाईमा स्वामित्व लिने हैसियतलगायत कारण भएको उनी बताउँछन् । उक्त विद्यालयबाट १५० विद्यार्थी एसईईमा सहभागी भएकोमा १०७ जना ए प्लस, ३५ ए र ८ जना बि प्लसमा उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७