यी हुन् एमालेकाे प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेका प्रमुख नेता


१४ कार्तिक २०७४, मंगलवार
CPN UML office

काठमाडाैं : एमालेले बुझाएको प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक सूचीमा सबैभन्दा अगाडि जनजाति पुरुष र जनजाति महिला, त्यसपछि क्रमशः खस आर्य पुरुष र महिला, मधेसी पुरुष र महिला, दलित पुरुष र महिला तथा अन्तिममा मुस्लिम समुदायको उम्मेद्वारहरूको सूची छ । विजय सुब्बाबाट सुरु भएको नाम मुस्लिम महिला कलिला खातुनमा टुंग्याउँदै एमाले जनजाति पुरुषबाट सुरु भएर मुस्लिम पिछडिएको क्षेत्र र अल्पसंख्यकलाई अन्य क्लस्टरमै मिलाउने गरी सूचीमा नाम राखिएको स्रोतले जनाएको छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

CPN UML office

अग्रसूचीमा अधिकांश पूर्वसांसद
एमालेले समानुपातिकतर्फको सूचीमा यसअघि समानुपातिकबाटै सांसद भइसकेकामध्ये केहीलाई प्राथमिकतासाथ अग्रपंक्तिमा राखेर निर्वाचन आयोगमा नाम बुझाएको छ । दुईपटक सांसद भइसकेका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने तथा समानुपातिकबाट सांसद भइसकेकी पूर्वमन्त्री राधा ज्ञवाली, पूर्वसांसद बिन्दा पाण्डेलगायतको नाम खस आर्य महिलामा अग्रपंक्तिमा छ ।

त्यस्तै, जनजातितर्फ पूर्वसांसदहरू विजय सुब्बा, मधेसी महिलातर्फ जुलीकुमारी महतो, दलिततर्फ रामप्रित पासवान पनि पहिलो नम्बरमा छन् । मुस्लिमतर्फ राजपाबाट भर्खरै प्रवेश गरेका समिममिया अन्सारीको नाम पहिला राखेर मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष सिराद अहमद फारुकीको नाम पछि राखिएको छ । मधेसी समूहमा नवप्रवेशी मोती दुगडको नाम पहिलो नम्बरमा राखेर केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको नाम चौथो नम्बरमा राखिएको छ । दुगड व्यापारिक घरानियाबाट पनि प्रतिनिधित्व गर्छन् । पछिल्लो निर्वाचन कानुनअनुसार बन्दसूची हेरफेर गर्न नपाइने भएकाले प्राथमिकताका साथ अग्रपंक्तिमा राखिएका नामहरू सांसद हुने सम्भावना प्रबल हुन्छ ।

 प्रतिनिधिसभाको समानुपातिक सूचीमा रहेका प्रमुख नेता
जनजाति : विजय सुब्बा, खगेन्द्र राई, केशवलाल श्रेष्ठ, एकबहादुर राना मगर, मझिलाल थारू, दलबहादुर गुरुङ

जनजाति महिला : थममाया थापा, सुजिता शाक्य, विना श्रेष्ठ, रामकुमारी झाँक्री, डा. शिवमाया तुम्बाहाम्फे, शान्ता चौधरी, नवीना लामा, तुलसा थापामगर

खस आर्य : मुकुन्द न्यौपाने, सोमनाथ प्यासी, डा. पुष्प कँडेल, डा. दिनेशचन्द्र देवकोटा, लक्ष्मण पौडेल, बुद्धिबहादुर रायमाझी, रामचन्द्र अधिकारी, तुलसी पासी, भोजबहादुर थापा

खस आर्य महिला : राधा ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी खड्का, निरुदेवी पाल, माया ज्ञवाली, दिलुकुमारी पन्त, सीता गिरी ओली, श्रीमती विष्णु पौडेल, सरिता न्यौपाने, बिना थापा, मुना केसी, सावित्री अर्याल, शर्मिला कार्की, सम्झना थपलिया

मधेसी : मोती दुगड, गंगाप्रसाद यादव, मेघराज नेपाली निषाध, दिनेश यादव

मधेसी महिला : जुलीकुमारी महतो, डा. पुष्पा कर्ण, सीता यादव

दलित : रामप्रित पासवान, ईश्वरी विश्वकर्मा, बमबहादुर विश्वकर्मा, गणेश विश्वकर्मा, निर्मल देउला

मुस्लिम : समिममियाँ अन्सारी, सिराद अहमद फारुकी, विराज अहमद, रुवी खान

मुस्लिम महिला : कलिला खान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७