मलेसियामा नेपाली कामदार सवार बस दुर्घटना, ३६ घाइते


११ असार २०७५, सोमबार
maelsiya

काठमाडौं, ११ असार । मलेसियाको पेनाङस्थित पया र्टेवोङमा बस दुर्घटना हुदाँ कम्ती ३६ नेपाली कामदार घाइते भएका छन् । ६० जना कामदार सवारी वस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएको घाइते दाङका सागर मगर जानकारी दिए ।maelsiya

प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान साढे ५ बजे बस दुर्घटना भएको हो ।

उनीहरुको पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । अधिकांश घाइतेको टाउको, हात र खु्ट्टामा चोट लागेको छ । घटना लगत्तै मलेसियाको उद्धार टोली आएर अस्पताल लगेको थियो । उप्रेतीले केहीको अवस्था गम्भीर भएपनि अधिकांश सामान्य अवस्थामा रहेको जानकारी दिए ।

प्लेकसस् अमेरिकी कम्पनी हो । विद्युतीय सामान उत्पादन गर्ने यो कम्पनीमा नेपाली मात्रै एकहजार भन्दा बढी कार्यरत छन् । उनीहरुले ओभरटाइससहित झन्डै १७ सय रिंगेटसम्म कमाउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७