विश्वकप नजितेसम्म अन्तराष्ट्रिय फुटबलबाट संन्यास लिन्न : मेस्सी


११ असार २०७५, सोमबार
Messi

काठमाडौं, ११ असार । अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप नजितेसम्म अन्तर्रा्ष्ट्रिय फूटबलबाट संन्यास नलिने बताएका छन् । Messi

रुसमा जारी विश्वकपमा पनि अर्जे्न्टिनाले खराब प्रदर्शन कारण मेस्सीले छिट्टै सन्यास घोषणा गर्ला भन्ने अडकलबाजी भइरहेका बेला जन्मदिनको अवसरमा उनले आफनो देशलाई विश्वच्याम्पियन नबनेसम्म संन्यास नलिने प्रस्ट पारेका हुन् ।

आइतबार मेस्सीले ३१औं जन्मोत्सव मनाएका छन् । उनले भने, ‘मैले सारा महत्त्वपूर्ण ट्रफी जितेँ, विश्वकप भने आजसम्म महत्त्वाकांक्षामै सीमित भएको छ । म मेरो देशको प्रतिनिधित्व गर्दै विश्वकप ट्रफी नउचालेसम्म संन्यास लिन्नँ ।’
मेस्सीले अर्जेन्टिनालाई लगातार एक विश्वकप र दुई कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पु¥याए पनि उपाधि जिताउन सकेको छैन् । यसअघि विश्वकपमा उपाधि जित्न नसकेपछि निराश बन्दै संन्यास घोषणा गरेका मेस्सी फेरि टीममा फर्किएका थिए ।

मेस्सी नेतृत्वको अर्जेन्टाइन टीम रुस विश्वकपको समुह चरणमा कठिन अवस्थामा छ । आइसल्याण्डसँग बराबरी र क्रोएसियासँग लज्जास्पद् हार बेहोरेको अर्जे्न्टिना अघिल्लो चरणमा जान नाइजेरियासँगको खेल जित्नै पर्ने दबाब छ ।

क्रोएसियासँग हारपछि पहिलो चरणबाट बाहिरिने अवस्थामा पुगेका अर्जेन्टिना आइल्याण्डलाई नाईजेरियाले हराएसँगै केही आशा पलाएको छ । अब क्रोएसियाले आइसल्याण्डलाई हराए अर्जेन्टिना लागि सहज हुनेछ । तर आइसल्याण्डले क्रोएसियालाई हराएको खण्डमा उसले भन्दा २ गोल बढी अन्तरले नाइजेरियालाई हराउनुपर्ने हुन्छ ।
क्रोएसियासँगको हारपछि स्तब्ध बनेको अर्जे्न्टिनाका खेलाडी शनिबार र आइतबार निकै हँसिलो मुद्रामा अभ्यासमा सहभागी भएका छन् ।

अन्तर्रा्ष्ट्रिय मिडियाहरूले जनाएअनुसार मेस्सी आफैँ साथी खेलाडीहरूलाई हसाउनमा केन्द्रित छन् । टीममा उत्साह भरेर मात्र खेल जित्न सकिनेमा सबैको एकमत देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७