चीन भ्रमणबारे प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने


११ असार २०७५, सोमबार
PM KP Oli 1

काठमाडौं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न चीन भ्रमणको विषयमा संसदमा सम्बोधन गर्ने भएका छन् । संसदको सोमबार दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री ओलीले चीन भ्रमणका बारेमा जानकारी गराउन लागेको हो ।

PM KP Oli 1
फाइल तस्बिर ।

यसअघि प्रधानमन्त्रीले चीन भ्रमणमा जानुपूर्व असार ४ मा संसदको बैठकलाई सम्बोधन गरेका थिए ।चीन भ्रमण सकेर प्रम ओली आइतवार स्वदेश फर्किएका हुन् । विदेश भ्रमणमा जानुपूर्व र फर्केपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने संसदीय परम्परा छ ।

११९ सदस्यीय जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असार ५ गते चीन भ्रमणमा गएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७