दुबै टोली बराबरी खेल्दै स्पेन र पोर्चुगल अन्तिम १६ मा (फोटोफिचर)


१२ असार २०७५, मंगलवार
ronaldo

काठमाडौं असार ११: समूह चरणको अन्तिम खेलमा दुबै खेल बराबरीमा सकिएपछि स्पेन र पोर्चुगल १६ मा दाेस्राे चरणमा प्रवेश गरेका छन्।

o 3

मंगलबार बिहान सम्पन्न खेलमा स्पेनलाई मोरक्कोले २-२ को बराबरीमा रोक्यो भने पोर्चुगललाई इरानले १-१को बराबरीमा रोकेको थियो।

यो बराबरीसँगै समान ५-५ अंक बनाएर स्पेन र पोर्चुगल दोस्रो चरणमा प्रवेश गरेका छन्। राम्रो खेल प्रदर्शन गरेको आधारमा स्पेन समूह विजेता भयो भने पोर्चुगल उपविजेता हुँदै अन्तिम १६ मा पुग्यो।अब स्पेनले आयोजक रसियासँग क्वार्टरफाइनल प्रवेशका लागि खेल्नेछ भने पोर्चुगलले उरूग्वेको सामना गर्नेछ।ronaldo 4

पहिलो खेलमा मोरक्कोले पहिलो हाफमै स्पेनविरुद्धको खेलमा अग्रता लिएको थियो। खेलको १४ औं मिनेटमा मोरक्कोकालागि खालिदले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, त्यसको ५ मिनेटपछि इश्कोले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। अघिल्लो चरण प्रवेशका लागि स्पेनलाई कम्तिमा बराबरी गर्नुपर्ने खेलको ८१ औं मिनेटमा मोरक्कोले गोल गर्दै खेलमा पुनः अग्रता लिएको थियो।

प्रतियोगितबाट बाहिरिसकेको मोरक्कोमाथि इन्जुरी समयको पहिलो मिनेटमा आइगो आसपासले गोल गर्दै स्पेनलाई अन्तिम १६ मा पुर्‍याए।उता क्रिष्टियानो रोनाल्डोले पेनाल्टी मिस गरेपछि एसियाली मुलुक इरानसँग पोर्चुगलले अंक बाँडेको छ। यो सँगै पोर्चुगल पनि अन्तिम १६ मा उप विजेता भएर प्रवेश गरेको छ।ronaldo 3

खेलको ५३औं मिनेटमा पाएको पेनाल्टी रोनाल्डोले मिस गर्दै टिमको अग्रता दोब्बर पार्ने मौका गुमाएका थिए। यसअघि पोर्चुगलले पहिलो हाफमा १-० को अग्रता लिएको थियो।

मोर्डोभिया एरिनामा रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको हो। पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट इरानले बराबरी गोल गरेको थियो।ronaldo 24DA074E700000578 5884127 image m 30 1529951272225

 

4DA0972E00000578 5884095 image a 85 1529952536895 4DA074BA00000578 5884127 image a 33 1529951372252 4DA0684400000578 5884127 image a 17 1529950730552 4DA071AA00000578 5884127 image a 21 1529951126850 4DA0674B00000578 5884127 image a 19 1529950736380 4DA0B85400000578 5884127 image a 41 1529954228654

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७