‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु, जनताका गुनासैगुनासा


१२ असार २०७५, मंगलवार
mahendra pande

सुर्खेत, १२ असार । कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए ।mahendra pande

‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएकै दिनमा दर्जनौँ नागरिकले मुख्यमन्त्री शाहीसँग, साविकको कर्णालीमा राष्ट्रिय प्रसारण लाइन जडान, सडक, युवा रोजगारी सुनिश्चितता कहिलेसम्म हुने जस्ता प्रश्न तथा जिज्ञासा राखेका थिए ।

जिज्ञासा तथा प्रश्न फेसबुक, भाइबर, एसएमएस, स्काइप र टेलिफोनबाट राखेका थिए । आफ्ना जिज्ञासा खुलेरै प्रत्यक्षरुपमा मुख्यमन्त्रीसँग राख्न पाएपछि कर्णालीवासीले खुशीको अनुभूति गरेका छन् । हिमा गाउँपालिका जुम्लाका रनबहादुर रोकायाले कर्णालीलगायत विभिन्न जिल्लामा अहिलेसम्म पनि विद्युत् नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता भोग्नु परेको गुनासो गरे ।

मुख्यमन्त्री शाहीले जनतासँगको प्रत्यक्ष कुराले प्रदेशको आगामी विकास योजना निर्माणमा सघाउ पुग्ने बताए। “सेवा प्रवाह र पारदर्शिताका विषयमा पनि जिज्ञासा तथा सुझाव आएका छन्, यो राम्रो पक्ष हो,” उनले भने । जनताले खबरदारी गर्दै आएको कुराले यो प्रदेशमा सुशासन कायम हुनुका साथै आगामी योजना निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७