‘मिटर ब्याज’ का नाइकेको हतियार बरामद


१२ असार २०७५, मंगलवार

काठमाडौं, १२ असार । लाइसेन्स प्राप्त हतियारको आडमा अपराधिक गतिविधि गर्दै आएका एक पेशेवर अपराधीको हतियार प्रहरीले बरामद गरेको छ ।

gun
सांकेतिक तस्विर

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले हेटौंडा घर भई हाल ललितपुर–१३, भनिमण्डल बस्दै आएका महेशबहादुर सिंहको साथमा रहेका १२ बोरको दुई वटा सटगन, ४ वटा २२ बोरको राइफल र हतियारमा लाग्ने १ सय ३६ राउण्ड गोली बरामद गरेको हो ।

सिंह अपहरण तथा शरीर बन्धक, वन्यजन्तुको अवैध चोरी निकासी लगायतका घटनामा मुछिएका व्यक्ति हुन् । महाशाखाका अनुसार हातहतियार खरखजाना ऐन, २०१९ बमोजिमको शर्तमा इजाजत लिए पनि नियम उल्लंघन गरेपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं र ललितपुरबाट इजाजत रद्द गरेर हतियार बरामद गरिएको हो ।

बरामद गरिएको हतियार सरकारी कोषमा दालिखा गरिएको महाशाखाले जनाएको छ । सिंह ‘मिटर ब्याज’ का नाइकेका रुपमा चर्चिता व्यक्ति हुन् । ४ वर्षअघि सिंहलाई प्रहरीले पक्राउ गरी अपहरण र वन्यजन्तुसम्बन्धि मुद्दा चलाएको थियो । त्यसबेला उनको घरबाट हतियार समेत बरामद गरिएका थिए । तर, लाइसेन्स भएको खुलेपछि फिर्ता गरिएको थियो । चर्काे ब्याजमा पैसा लगाउने र पैसा समयमा फिर्ता नगरे हतियार देखाएर तर्साउने गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७