हामी भारतविरुद्ध चीन कार्ड खेल्दैनौं : प्रधानमन्त्री ओली


१२ असार २०७५, मंगलवार
KP OLi

काठमाडौं, १२ असार । चीन भ्रमणबारे संघीय संसदमा जानकारी दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले एक छिमेकीविरुद्ध अर्को छिमेकीको प्रयोग नगर्ने बताएका छन् ।KP OLi

चीन भ्रमण सफल र सकारात्मक भएको उल्लेख गर्दै दुवै छिमेकीसँग सहकार्य गर्ने बताएका छन् । आज प्रतिनिधिसभामा आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भारत र चीन कार्डप्रति इंगित गर्दै भने, ‘छिमेकीहरुसँग सम्बन्ध सुधारेका छौं । हामी एकका विरुद्ध अर्काको कार्ड खेल्ने तरिकाले चल्दैनौं । हामी दुवै छिमेकीसँग पारस्परिक सहयोग र सहकार्यको माध्यमले अगाडि बढ्ने छौं ।’

प्रधानमन्त्री ओलीले विकासका प्रयासमा छिमेकीको सहयोग लिन चाहेको बताउँदै छिमेकीको प्रगति र उन्नतिबाट लाभ लिन चाहेको बताए । ‘हामीभित्र र बाहिरवाला कुरा गर्दैनौं । दुई छिमेकीबीचमा असमझदारी हटाउनेमा प्रयासरत छौं । हामी यता वा उता ढल्किने गर्दैनौं,’ ओलीले थपे, ‘हामी पञ्चशीलका आधारमा, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तदरायित्व हेरे अगाडि बढ्छौं ।’ आफूले छिमेकीहरुमा तनावको अवस्था होइन शान्ति हेर्न चाहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७