विश्वकप समुह ‘डि’ : ‘गर या मर’ अवस्थामा अर्जेन्टिना, नाइजेरिया र आइसल्याण्ड


१२ असार २०७५, मंगलवार
Group D

काठमाडौं, १२ असार (एजेन्सी) । रसियामा जारी विश्वकपमा अन्तर्गत सोमबारदेखि समुह चरणको अन्तिम खेल सुरु भएको छ । सोमबार समुहको ए र बिको खेल सकिएसँगै समुह विजेता र उपविजेताको पनि टुगों लाग्यो । समुह चरणकै अन्तिम खेल अन्तर्गत आज चार खेल हुँदै छ । Group D

जहाँ समुह ‘डि’ अन्र्तगत राती पौन १२ बजे दुई खेल हुनेछन् । जहाँ क्रोएसिया र आइसल्याण्ड भिड्नेछ भने अर्जेन्टिना र नाइजेरिया खेल्नेछ ।

समहुमा क्रोएसिया ६ अंक साथ शीर्ष स्थानमा रहेको छ । भने गोलअन्तर ५ रहेको छ । क्रोएसिया यदी पराजित भएमा पनि गोल अन्तरका आधार समुह विजेता बन्ने पक्का छ ।

यसैगरी नाइजेरियाको ३ अंक र गोलअन्तर शुन्य रहेको छ । आइसल्याण्ड र अर्जेन्टिनाको एक–एक रहेको छ भने गोलअन्तर माइनस दुई र तीन रहेको छ ।

मंगलबारको खेलबाट साबिक विश्वउपविजेता समेत रहेका अर्जेन्टिना नकआउट चरणमा पुग्ने या समूह चरणबाटै बाहिरिने टुंगो लाग्दै छ । भने दोस्रो चरणका लागि नाइजेरिया, आइसल्यान्ड र अर्जेन्टिनाको तीनै टिमको सम्भावना रहेकाले खेल गर या मरको अवस्थामा रहनेछ ।

अर्जेन्टिना र नाइजेरियाका लागि क्रोएसियाको खेल महत्वपूर्ण हुनेछ । क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेमा नाइजेरिया र अर्जेन्टिनालाई सहज हुनेछ । क्रोएसियाले हारेमा भने समूहमा अजेन्टिना र नाइजेरियालाई मुस्किल पर्नेछ ।

कसको अवस्थाम कस्तो ?
अर्जेन्टिनालाई जित्नुको विकल्प छैन्
दोस्रो चरणमा जानका लागि अर्जेन्टिनाले जित्नुको विकल्प छैन् । खेल गर या मरको स्थितीमा हुनेछ । समुहमा खेल जित्दा उसको चार अंक हुनेछ । भने उता क्रोएसियालाई आइसल्याण्डले हराए उसको पनि चार अंक हुनेछ । यस्तो अवस्थामा दोस्रो चरणमा प्रवेशका लागि अर्जेन्टिनाले जितसँगै आइसल्याण्डले भन्दा फराकिलो गोल अन्तरले जित्नु पर्नेछ ।

आइसल्याण्ड पराजित भए नाइजेरियालाई बराबरीले पुग्ने
समुहमा ३ अंक रहेको नाइजेरिया लागि दोस्रो चरण प्रवेश गर्न आइसल्याण्डलाई क्रोएसियाले हराए अथवा बराबरी भए अझ सहज हुनेछ । उसले अर्जेन्टिनालाई बराबरी भए रोके पुग्छ ।
तर आइसल्याण्डले क्रोएसियालाई आइसल्याण्डलाई हराए भने आइसल्याण्डले जित्नुको विकल्प छैन् । नाइजेरियालाई अर्जेन्टिनाले हराउँदा स्पष्ट ६ अंकका साथ दोस्रो चरणमा प्रवेश गर्ने छ । यदी क्रोएसिया बराबरी भए र आइसल्याण्डले जित हात पारे भने बाहिरिन्नेछ ।

आइसल्याण्डलाई जित्नै पर्ने
अर्जेन्टिनासँग बराबरी खेलेर सुरुवात गरेको आइसल्याण्डका लागि पनि जित्नुको विकल्प छैन् । नाइजेरियासँग दोस्रो खेल हारेको आइसल्याण्डले शीर्ष स्थानमा रहेको क्रोएसियालाई हराउनुको साथै फराकिलो गोल अन्तरले हराउनु पर्नेछ । भने अर्जेन्टिनाले नाइजेरियालाई पराजित पनि गर्नु पर्नेछ ।world cup group d

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७