अर्जेन्टिनालाई आज अन्तिम मौका, के भए अन्तिम १६ मा पुग्छ ?


१२ असार २०७५, मंगलवार
messi

काठमाडौं, १२ असार । रुसमा जारी विश्वकपमा खराव शुरुवात गरेको अर्जेन्टिनालाई आज आफ्नो साख जोगाउने अन्तिम मौका छ ।
अर्जेन्टिना यतिवेला आफ्नो फुटबल इतिहासको खराबमध्येको एक क्षणबाट गुज्रिरहेको छ । विश्वका सर्बोत्कृष्ट खेलाडीमध्येका एक लियोनल मेस्सी टोलीमा भए पनि अर्जेन्टिना विश्वकपको मैदान छोड्नु पर्ने घडीमा छ ।messi

पहिलो खेलमा अप्रत्यासित रुपमा आइसल्याण्डसँग बराबरीमा र दोस्रो खेलमा क्रोएशियासँगको ३–० अन्तरले पराजयपछि २०१४ विश्वकपको उपविजेता टोली अर्जेन्टिनालाई आज अन्तिम मौका छ । नाइजेरियाले आइसल्याण्डलाई पराजित गरेसँगै अर्जेन्टिनाको अन्तिम १६ को सम्भावना बाँकी रहेको थियो । आज भने उनीहरु आफैले आफ्नो भाग्य कोर्नेछन् । अर्जेन्टिनाको भाग्य समूह डी को टोलीहरुको समिकरणमा निर्भर छ । अर्जेन्टिना अन्तिम १६ मा पुग्न अब के हुनुपर्छ, समिकरण यस्तो छ :
क्रोएशियाः लगातार शुरुवाती दुई खेल जित्दै ६ अंकका साथ अन्तिम १६ मा पुगिसकेको टोली । आइसल्याण्डसँग निकै फराकिलो अन्तरले नहारे समूह विजेता बन्ने निश्चित ।

नाइजेरियाः आइसल्याण्डलाई पराजित गरेको र क्रोएशियाविरुद्ध पराजित टोली ३ अंकका साथ दोस्रो स्थानमा छ । अर्जेन्टिनालाई पराजित गरे सोझै दास्रो चरणमा पुग्ने । यदि अर्जेन्टिनालाई बराबरीमा रोक्यो र आइसल्याण्डले फराकिलो अन्तरले क्रोएशियालाई हरायो भने गोलअन्तरका आधारमा नाइजेरिया र आइसल्याण्डमध्ये एक चोटी अन्तिम १६ मा पुग्नेछ । नाइजेरियासँगको बराबरी र हारले अर्जेन्टिना भने बाहिरिने छ ।

आइसल्याण्डः अर्जेन्टिनासँग बराबरी खेलेको र नाइजेरियासँग पराजय भोगेको टोली १ अंक र गोलअन्तरका आधारमा अर्जेन्टिनाभन्दा माथि रहँदै तेस्रो स्थानमा छ । अन्तिम खेलमा क्रोएसियालाई ठूलो अन्तरले पराजित गर्दै नाइजेरिया र अर्जेन्टिनाबीचको विजेतालाई गोलअन्तरले पराजित गरे दोस्रो चरणमा पुग्ने ।

अर्जेन्टिना : एक अंकका साथ पुछारमा रहेको अर्जेन्टिनाले नाइजेरियालाई पराजित गरेमा अर्जेन्टिना ४ अंक हुने, नाइजेरिया ३ अंक हुने र क्रोएशियासँग आइसल्याण्ड पराजित भएमा (आइसल्याण्ड १ अंकमै रहने) वा बराबरीमा रोकिएमा (आइसल्याण्डको २ अंक हुने) अर्जे्न्टिना अन्तिम १६ मा पुग्नेछ ।

यदि, अर्जेन्टिनाले नाइजेरियालाई जित्यो र आइसल्याण्डले क्रोएशियालाई जित्यो भने दुबै टोलीको समान ४ अंक हुनेछ । यस्तोमा गोलअन्तर कम हुने टोली अन्तिम १६ मा पुग्नेछ । अहिलेको गोलअन्तर अर्जेन्टिना–३, आइसल्याण्ड –२ छ । गोलअन्तर पनि बराबरी भएमा, कुन टिमले बढी गोल गरेको छ । त्यसका आधारमा निर्णय लिइनेछ । यदि दुबै टोलीले गरेका गोलपनि बराबरी भएमा यी दुई टोलीहरु आमने सामने हुँदा पाएको अंकका आधारमा निर्णय लिइनेछ । यी दुई टोलीले आमने सामने हुँदा १–१ को बराबरी खेलेकाले दुबैसँग १–१ अंक छ ।

आमने सामनेमा पनि बराबरी देखिएपछि निर्णय फेयरप्लेका आधारमा लिइनेछ । जसमा अनुशासित टोली अर्थात कम कार्ड बेहोर्ने टोली अन्तिम १६ मा पुग्छ । एउटा पहेलो कार्ड बराबर–१ प्वाइन्ट र दोस्रो पहेला र रेडकार्ड पाउने टोलीको –३ प्वाइन्ट, सिधै रातोकार्ड पाउनेको –४ प्वाइन्ट र पहेलोसँगै रातो कार्ड पाउनेको –५ प्वाइन्ट हुन्छ ।

अहिलेको अवस्थामा अर्जेन्टिना यसमा पनि पछि छ । अर्जेन्टिनाका तीन खेलाडीहरु (माकार्डा, वटामिन्दी र आक्युनाले) ले पहेलो कार्ड पाएका छन् भने आइसल्याण्डका कुनै पनि खेलाडीले पाएका छैनन् ।
यदि, अर्जेन्टिना नाइजेरियासँग जित्न असफल भयो वा बराबरीमा रोकियो भने सोझै प्रतियोगिताबाट बाहिरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७