११ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध मुग्लिन


१२ असार २०७५, मंगलवार
narayangadh muglin road

चितवन, १२ असार । लगातारको पहिरोले विहान साढे ५ बजेदेखि बन्द भएको नारायणगढ मुग्लिन सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको छ ।narayangadh muglin road

सडकमाथिबाट खसेको पहिरो हटाएपछि अपरान्ह ४ बजेदेखि खुलेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिएका छन् ।

अहिले सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सोमबार रातिदेखि सवारी साधन जाममा परेका थिए । सडकमा दुवैतर्फ सवारीको अधिक चाप भएका कारणले सहज सञ्चालनका लागि अझैं केही घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।
सयौं सवारी साधान र हजारौं यात्रुहरु बीच बाटोमा नै अलपत्र परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७